जनकपुर- महोत्तरीमा एक युवतीको शव फेला परेको छ।
सोनमा गाउँपालिका–२ सिंहासनीस्थित खेतमा अन्दाजी २०/२२ वर्षीया युवतीको शव शुक्रबार दिउँसो भेटिएको हो। उनको हत्या भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। युवतीको घाँटीमा निलडाम देखिएकाले कसैले बलात्कार गरी हत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ।
शवको प्रकृति हेर्दा २-३ दिनअघि नै उनको हत्या भएको हुन सक्ने प्रहरीले बताएको छ।
गहुँगोरो वर्णकी ती युवतीले खैरो सुरुवाल, हल्का निलो कमिज र रातो सल लगाएकी छन्। उनको शव राहर खेतमा घोप्टो परेको अवस्थामा फेला परेको हो। उनका पहिचान हुन सकेको छैन।
प्रहरीले शवबारे अनुसन्धान गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।