काठमाडौं- नेपाल पर्यटन बोर्डले मासिक रुपमा आयोजना गरिरहेको ह्यासट्याग फोटो नेपाल प्रदर्शनी अन्तर्गत अप्रिलमा हुने प्रदर्शनीमा वाइल्डलाइफ फोटोग्राफर सागर गिरिले खिचेका तस्बिर प्रदर्शनी हुने भएको छ। नेपालमा पाइने जंगली जनावरका तस्बिर प्रदर्शनीमा देख्न सकिनेछ।
प्रत्येक अंग्रेजी महिनाको पहिलो शुक्रबारदेखि आयोजना हुने यस प्रदर्शनी यसपटक चैत्र २२–२८ मा हुँदैछ। प्रदर्शनीमा जंगली जनावरका ३५ तस्बिर समावेश हुनेछन्।
चैत्र २५ मा फोटोग्राफर गिरीसँग वाइल्डलाइफ फोटोग्राफीमा उनको अनुभव र पर्यटन प्रवर्द्धनका विषयमा छलफल गर्ने कार्यक्रम तय गरिएको छ।
बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले यस पटकको अंकमा विश्वमै नेपाल अनुपम गन्तव्यका रुपमा चिनाउने विविधतामध्ये जंगली जनावरलाई स्थान दिइएको बताए। चार वर्षदेखि हरेक महिना बोर्डले नियमित रुपमा फोटो नेपालको आयोजना गरिरहेको छ।

सागर गिरीले खिचेका तस्बिर
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।