• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक २६, २०८३ Thu, Nov 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

सडक आयो, गाडी आएन

64x64
नेपाल लाइभ मंगलबार, भदौ २०, २०७४  १७:४२
1140x725

ताप्लेजुङ– ओलाङ्चुङगोला छिमेकी मुलुक चीनसँग सडक सञ्जालले जोडिए पनि बासिन्दाले यातायातका साधन चढ्न पाएका छैनन्। 
दुर्गम ओलाङ्चुङगोला बस्तीसम्म सडक आए पनि स्थानीयवासीलाई ओहोरदोहोर गर्ने सवारीसाधन छैन । चीनको स्वशासित क्षेत्र तिब्बतबाट ओलाङ्चुङगोला बस्तीमा भने ठूल्ठूला सवारीसाधन आए पनि त्यहाँका स्थानीयवासीलाई ओहोरदोहोर गर्नका लागिसवारीसाधन नै छैनन्। 

यसअघि दिनभर लगाएर टिप्ताला ओहोरदोहोर गर्ने ओलाङ्चुङगोलावासीलाई घर छेउमा नै सडक आए पनि अझै हिँड्नुपर्ने बाध्यता कायमै छ । चीन र नेपालको सिमाना टिप्ताला भञ्ज्याङ बस्तीबाट २२ किमीको दूरीमा छ । बस्तीबाट टिप्ताला पुग्न एक दिन पूरै हिँड्नुपर्छ । तिब्बतमा पर्ने रिउ बजारको भरमा रहेका स्थानीयवासीलाई सडक हुँदाहुँदै हिँड्न मन लाग्दैन । हिँड्नै पर्ने बाध्यतामा परेका उनीहरुलाई सवारीसाधन नहुँदा अहिले तनाव सिर्जना भएको छ । “सडक भएपछि गाडी चढेरै ओहोरदोहोर गर्ने रहर स्थानीयवासीको मात्रै नभई सो क्षेत्रमा घुम्न पुग्ने आन्तरिक पर्यटकको पनि हुन्छ, तर बस्तीबाट चीनतर्फ जाने सवारीसाधन नभएपछि समस्या भएको छ”, ओलाङचुङगोला–टिप्ताला सडक उपभोक्ता समिति अध्यक्ष छेतेन वालुङ शेर्पाले भने।

स्थानीयवासीले नै पनि सवारीसाधन किन्ने चाहना राखेका छैनन् । अध्यक्ष शेर्पाले भने, “सवारीसाधन किन्ने इच्छा नै भए पनि चीनबाट सवारीसाधन किन्न पाउने या नपाउने भन्ने विषयमा जानकारी छैन ।” ओलाङ्चुङगोलामा सीमा भन्सार कार्यालय रहे पनि त्यहाँ कार्यालय सहयोगीभन्दा माथिको कर्मचारी नरहेकाले थप जानकारी लिनसमेत नसकिएको शेर्पाको गुनासो छ। 

Ncell 2
Ncell 2
nimb
nimb

राजधानीमा रहेको वालुङ समाजले भने सवारीसाधन भित्र्याउने र बाटाको थप स्तरोन्नति गर्ने विषयमा बेलाबेलामा छलफल चलाउने गरे पनि ठोस निष्कर्ष भने निकाल्न सकिरहेको छैन । समाजले टिप्तालादेखि ओलाङ्चुङगोलासम्मको सडक निर्माणमा खर्चसमेत जुटाएको थियो । 

फक्ताङ्लुङ गाउँपालिका प्रमुख सरोज एभेङले भने चीन सरकारसँग मिनी बस उपहार माग्ने विषयमा छलफल भएको बताए । तर निर्णय नभएको एभेङको भनाइ छ । उनले मुलुकका अन्य सीमा क्षेत्रको अभ्यासलाई पनि बुझ्ने र सोही अनुसार काम गर्ने मनस्थिति भएको बताएका छन् । उनले भने, “सदरमुकाम फुङलिङबाट ओलाङचुङगोला बस्तीमा सडक पुगेको भए समस्या हुने थिएन, तर अझै समय लाग्ने देखिएकाले समस्यामा परियो ।” ओलाङचुङगोलावासीले खाद्यान्न लगायतका वस्तु रिउ बजारबाट ल्याउने गरेका छन् भने यहाँ उत्पादित वस्तुको बजार पनि तिब्बत नै हो। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

यता २०६६ सालदेखि शुरु भएको ताप्लेजुङ सदरमुकाम फुङ्लिङ हुँदै ओलाङ्चुङगोला जोड्ने सडक निर्माण भने फक्ताङ्लुङ गाउँपालिकाको तापेथोकमा पुगेको छ । हालसम्म ४१ किमी मार्ग खोलिएको छ । बाँकी ३५ किमी बाटो खुलेमा ओलाङ्चुङगोलासँग सदरमुकाम फुङ्लिङ सडक सञ्जालले जोडिनेछ । उत्तर दक्षिण लोकमार्ग आयोजना प्रमुख कुबेर नेपालीले सो सडक निर्माणका लागि सरकारले यस वर्ष रु ६० करोड विनियोजन गरेको र बहुवर्षीय ठेक्कामा लगाउने निर्णय भएको बताए। उनले केही वर्षमा नै ताप्लेजुङ सदरमुकाम ओलाङ्चुङगोलासँग जोडिने जिकिर गर्नुभयो । फुङ्लिङबाट ओलाङ्चुङगोलासम्म पैदल यात्रा गरेर ओहोरदोहोर गर्न कम्तीमा छ दिनसम्म लाग्ने गरेको छ। 

चीन र नेपालको सिमाना टिप्तालादेखि ओलाङ्चुङगोलासम्मको २१ किमी मार्ग भने साउनको शुरुआतमा नै खोलिसकिएको थियो । टिप्तालादेखि उक्त बस्तीसम्मको २१ किमी लामो सडक निर्माणमा रु तीन करोडभन्दा बढी खर्च भएको छ । दुई तिहाइ बढी वालुङ समाजले सडक निर्माणमा लगानी गरेको छ । रु दुई करोड ५० लाख समाजले संकलन गरेको थियो भने सांसद विकास कोष र साबिकको गाविससमेतको गरी रु ५३ लाख रहेको छ । ओलाङ्चुङगोलामा जन्मिएर देश तथा विदेशमा बसोबास गर्दै आएका वालुङवासीले सडक निर्माणका लागि सहयोग गरेका हुन्। 

टिप्तालादेखि ओलाङ्चुङगोलासम्म बाटो खुलेपछि तिब्बतबाट दुई साना सवारीसाधन, डिजेल बोक्ने ट्याङ्कर, लोडर र स्काभेटर मेसिन आएर फर्किएका छन् । सडकसँगै तिब्बतबाट सवारीसाधन बस्तीमा आउँदा भने स्थानीयवासीले रातभर धुन्ज्याङ (नाचगान) गरेर खुशीयाली मनाएका थिए । रासस 

प्रकाशित मिति: मंगलबार, भदौ २०, २०७४  १७:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भीमफेदी दुर्घटना अपडेट : १० जनाको मृत्यु, ६ घाइतेको हेटौँडा अस्पतालमा उपचार हुँदै
बालेन आउने नआउने अनिश्चित, रवि लामिछानेले छठको सम्पूर्ण विधि जनकपुरधाममै गर्ने
भीमफेदी दुर्घटना अपडेट : डेढ वर्षीय बालक सुदीप यादवको सकुशल उद्धार
सम्बन्धित सामग्री
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण इतिहासमा सर्वप्रथम देशकै प्रधानमन्त्री नेपाल संवत् नववर्षको उपलक्ष्यमा भएको आमसभामा उभिएर शुभकामना सन्देश दिनुभयो । त्यस पश्चात् वर्... मंगलबार, कात्तिक २४, २०८३
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं पञ्चायती सत्ता ढाल्न नेपाल सम्वत् को आन्दोलन निकै सहयोगी बनेको इतिहास हामी सामू छ । यो कुरो अहिलेका शासकहरूले बुझेर पनि बुझपचाउनु भए... आइतबार, कात्तिक २२, २०८३
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न अदालतले आफ्नै तहबाट निष्पक्ष छानबिन समिति गठन गरी सत्यतथ्य बाहिर ल्याउनुपर्नेमा न्यायाधीशमाथिको छानबिनको विषय संसद्को क्षेत्राधिकारत... बिहीबार, कात्तिक १९, २०८३
ताजा समाचारसबै
भीमफेदी दुर्घटना अपडेट : १० जनाको मृत्यु, ६ घाइतेको हेटौँडा अस्पतालमा उपचार हुँदै बिहीबार, कात्तिक २६, २०८३
बालेन आउने नआउने अनिश्चित, रवि लामिछानेले छठको सम्पूर्ण विधि जनकपुरधाममै गर्ने बिहीबार, कात्तिक २६, २०८३
भीमफेदी दुर्घटना अपडेट : डेढ वर्षीय बालक सुदीप यादवको सकुशल उद्धार बिहीबार, कात्तिक २६, २०८३
यात्रुवाहक बस ठोक्किँदा २० जना घाइते बिहीबार, कात्तिक २६, २०८३
जलवायु परिवर्तनबाट हुने क्षति न्यूनीकरण गर्न प्रभावकारी प्रारम्भिक चेतावनी प्रणालीः परराष्ट्रमन्त्री खनाल बिहीबार, कात्तिक २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मोटरसाइकल ठोक्किए, एक जनाको मृत्यु बुधबार, कात्तिक २५, २०८३
भाईटिका लगाउँदा कता फर्कने , यस्ताे छ शास्त्र ! बुधबार, कात्तिक २५, २०८३
माइक्रोबस दुर्घटनामा १० जनाको मृत्युु, पाँच घाइते बिहीबार, कात्तिक २६, २०८३
ममता काफ्ले हत्यामा दाेषी ठहर भएका नरेशलनई कति हुन्छ सजाय , कहिले हुन्छ निर्धारण ? बुधबार, कात्तिक २५, २०८३
कुटेर श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ बुधबार, कात्तिक २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण नेपाल लाइभ
यमपञ्चक र दीपावलीको सनातन दर्शन मृत्युपछि पुनर्जन्म र मोक्षको आकांक्षा‚  अन्धकारमा प्रकाशको उपासना राजेश कुमार कर्ण
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं नेपाल लाइभ
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक शनिबार, कात्तिक २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्