निमेषजंग राई/बारा- आइतबार राती बारा र पर्सामा आएको विनाशकारी हुरीले अरु त के कुरा पार्किङ गरी राखेका ठुला मालबाहक सवारी समेत पल्टाएको छ।
हुरीका कारण २७ जनाको निधन भएको छ। सोही हुरीका कारण ७ सय भन्दा बढी मानिस घाइते भएका थिए। उनीहरु मध्ये धेरैको उपचार वीरगञ्ज र बाराको कलैयामा भइरहेको छ।
आइतबार साँझ आएको भीषण हावाहुरीबाट बारामा २६ र पर्सामा एक गरी २७ जनाले ज्यान गुमाएका छन्।
बारामा १० महिला, ११ पुरुष र ५ बालबालिकाले ज्यान गुमाए।
घाइते ३ सय ४३ जनामध्ये नारायण उपक्षेत्रीय अस्पतालमा ११६, नेसनल मेडिकल कलेज वीरगन्जमा १००, गण्डक अस्पताल वीरगन्जमा २८, वीरगन्ज हेल्थ केयर ३९, एडभान्स अस्पताल वीरगन्जमा २०, कलैया अस्पतालमा ३८ र तराई अस्पताल वीरगन्जमा २ जनाको उपचार भइरहेको छ।
स्थानीय अस्पतालमा उपचारपछि थप उपचारका लागि ७ जना घाइतेलाई काठमाडौंको टिचिङ अस्पताल भर्ना गरिएको छ।
तस्बिरमा हेर्नुहोस् गाडीको अवस्था















नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।