काठमाडौं– वैकल्पिक राजनीतिको वकालत गर्दै राजनीतिमा होमिएका रवीन्द्र मिश्रले उम्मेदवारी दर्ता गराएका छन्। उनले काठमाडौं १ बाट प्रतिनिधिसभाका लागि प्रतिस्पर्धा गर्दैछन्।
उनले आज राष्ट्रिय सभागृहमा स्थापित निर्वाचन कार्यालयमा गएर उम्मेदवारी दर्ता गरेका हुन्। अन्य पार्टीका उम्मेदवार फूलमालासहित तामझामका साथ जाने गरे पनि मिश्र सीमित केही नेता कार्यकर्तासहित सामान्य रुपमा गएका थिए।
काठमाडौं २ बाट प्रतिस्पर्धा गर्ने घोषणा गरेका सूर्यराज आचार्यले पनि उम्मेदवारी दर्ता गरेका छन्।
उनीहरुले विवेकशील साझा पार्टीका तर्फबाट उम्मेदवारी दिएका हुन्।
काठमाडौं जिल्लामा आगामी मंसिर २१ गते निर्वाचन हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।