सुर्खेत– सल्यानमा बुधबार जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
सल्यानको पर्यटकीय स्थल कुपिन्डे दहबाट फर्कँदै गरेको भे १ ज ९२७ नम्बरको जिप दुर्घटना हुँदा सुर्खेतका दुई जनाको ज्यान गएको हो।
दुर्घटनामा जिप चालक सुर्खेतको भेरीगंगा नगरपालिका ८ लोदेका देवराज कामी र वीरेन्द्रनगर ८ की धनमाया नेपालीको मृत्यु भएको जानकारी प्रहरीले दिएको छ।
घटनामा १७ जना घाइते भएका छन् । उनीहरुको मेहेलकुना अस्पतालमा उपचार भइरहेको छ।
जिप सल्यानको वनगाड कुपिन्डे नगरपालिका वडा नम्बर ८ को रिठाघारी भन्ने स्थानमा सडकबाट करिब २० मिटर तल खसेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।