काठमाडौं– प्रहरीद्वारा माओवादी नेता बालकृष्ण ढुंगेल पक्राउ परेको घटनालाई अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था इन्टरनेशलन कोर्ट अफ जस्टिस (आइसिजे)ले स्वागत गरेको छ। ढुंगेललाई मंलगबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले ललितपुर पाटनबाट पक्राउ गरेको थियो।
बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै आइसिजेले सर्वोच्च अदालतको फैसला आएको लामो समयपछि कार्यान्वयन भएको भए पनि सकारात्मक सुरुवात भएको प्रतिक्रिया दिएको छ।
आइसिजेले द्वन्द्वकालीन र अन्य घटनामा पीडितलाई न्याय दिने प्रतिबद्धता अन्तर्राष्ट्रिय मञ्चमा जनाएको नेपालले सात वर्षसम्म ढुंगेललाई पक्राउ गरेको कार्यलाई ‘नोटिस’मा लिएको भनेको छ।
प्रहरी प्रमुख विरुद्ध अवहेलना मुद्दा लागेपछि अभियुक्त पक्राउ पर्नु दण्डहिनताको अन्तिम विन्दु भए पनि यसलाई सुरुवातको रुपमा लिनुपर्ने उसको विज्ञप्तिमा उल्लेख छ। न्यायाधीश र वकिलहरुको अन्तर्राष्ट्रिय संस्था आइसिजेले मैना सुनुवारको फैसला र ढुंगेलको पक्राउले नेपालको द्वन्द्वकालीन मुद्दाको प्रगति अवस्थाका बारेमा जानकारी गराएको भनेको छ।
उसले द्वन्द्वकालीन मुद्दाका विषयमा छानबिन गर्न गठन भएका सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता आयोगका विषयमा ऐन तत्काल अध्यादेश मार्फत जारी गर्न समेत सुझाएको छ। नेपालमै समाधान हुने उक्त मुद्दा अन्तर्राष्ट्रियकरण रोक्न त्यस्तो कदम तत्काल चाल्नुपर्ने उसको भनाइ छ।
करिव ७ वर्षपछि मंगलवार प्रहरीले ढुंगेललाई पक्राउ गरेको थियो। ओखलढुङ्गाका उज्जन श्रेष्ठको हत्यामा उनी सर्वोच्चबाट दोषी ठहर भए पनि फरार रहँदै आएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।