इलाम- प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि वाम गठबन्धन र नेपाली कांग्रेसले प्रत्यक्षतर्फका उम्मेदवारको नाम टुंगो लगाएका छन्।
क्षेत्र नं १ को प्रत्यक्षतर्फ प्रतिनिधिसभामा वाम गठबन्धनबाट एमाले नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको नाम टुंगिएको हो। उनीसँग नेपाली कांग्रेसका भूपेन्द्र कट्टेलले प्रतिस्पर्धा गर्ने भएका छन्। प्रतिनिधिसभाकै क्षेत्र नं २ मा वाम गठबन्धनबाट पूर्व सभामुख सुवास नेम्बाङसँग कांग्रेसका केशव थापा प्रतिस्पर्धा गर्ने भएका छन्।
प्रदेशसभातर्फ क्षेत्र नं १ को (क) मा वाम गठबन्धनकी खिनु लङ्वा लिम्बू र कांग्रेसका देवेन्द्र राईको नाम टुंगो लागेको हो। क्षेत्र नं १ को (ख) मा भने वाम गठबन्धनबाट एमालेका काजीमान कागतेसँग कांग्रेसका दुर्गा बरालको प्रतिपस्पर्धा हुने भएको छ।
यस्तै इलाम क्षेत्र नं २ को (क) मा वाम गठबन्धनबाट एमालेका रामबहादुर रानाको नाम टुंगो लागेको छ। कांग्रेसले सो क्षेत्रमा डम्बर खड्कालाई उठाउने निर्णय गरेको छ। क्षेत्र नं २ को (ख) मा भने वाम गठबन्धनबाट माओवादी केन्द्रका धीरेन शर्माले कांग्रेस र कांग्रेसका खगेन्द्र देवानको नाम टुंगो लागेको छ।
प्रदेश नं १ मा पर्ने इलाममा आउँदो मंसिर २१ गते निर्वाचन हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।