गोरखा- नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराइले विगतका आफ्ना कमीकमजोरी समातेर विपक्षी पार्टीले प्रचारको मसला बनाएको बताएका छन्।
गोरखाको सिरानचोक गाउँपालिकाको थालाजुङमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले अरूलाई तुच्छ र तल्लो स्तरमा गिरोर गालीगलौज नगर्न पनि आग्रह गरे।
'विगतमा हामी एकापसमा लडेका थियौं, त्यो हाम्रो रिसिबीको कारण होइन,' उनले भने, 'तत्कालीन समयमा कांग्रेस, एमाले, माओवादी मिलेर नै राज्यसत्ता फालेका थियौं।'
गोरखा क्षेत्र नम्बर २ का उम्मेदवार रहेका उनी अहिले जिल्लका विभिन्न चुनावी प्रचारप्रसारमा संलग्न छन्।
आफू अर्थमन्त्री र प्रधानमन्त्री हुँदा बाँकी रहेका विकासका काम पूरा नै गोरखा २ बाट उम्मेदवारी दिएको उनले प्रस्ट पारे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।