काठमाडौं– विवेकशील साझा पार्टीले काठमाडौं क्षेत्र नम्बर २ सहित थप केही ठाउँमा उम्मेदवारको टुंगो लगाएको छ। प्रतिनिधिसभाका लागि काठमाडौं २ बाट सूर्यराज आचार्य उम्मेद्वार हुँदैछन्।
पछिल्लो पटक सार्वजनिक गरिएको उम्मेदवार सूची अनुसार ललितपुर २ बाट आमिरराज महर्जन र ललितपुर ३ बाट उज्ज्वलकृष्ण श्रेष्ठ उम्मेदवार हुँदैछन्।
त्यस्तै प्रदेशसभाका लागि काठमाडौं १ (क) बाट समिक्षा बास्कोटा र (ख) बाट पुरुषोत्तम ढुंगेल उम्मेदवार हुनेछन्। प्रदेश सभाकै लागि काठमाडौं २ (ख) बाट ऋषिका भट्टराई उम्मेदवार हुनेछिन्।
यसअघि पनि काठमाडौंका ६ क्षेत्रबाट प्रतिनिधिसभाका लागि उम्मेदवारी घोषणा गरिसकेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।