रोल्पा- मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा रोल्पा जिल्लाबाट १० हजार ८९४ नयाँ मतदाताले मतदान गर्ने भएका छन्।
स्थानीय तह निर्वाचनमा जिल्लामा एक लाख १७ हजार २६१ मतदाता रहेकामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा थप नयाँ मतदातासहित एक लाख २७ हजार ६२९ मतदाताले मतदान गर्न पाउने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
जिल्लामा पुरुष मतदाताको तुलनामा महिला मतदाता बढी देखिएका छन् । प्रतिनिधिसभा र प्रदेशसभामा महिला मतदाताको संख्या पुरुषको भन्दा दुई हजार १८६ बढी छ । जिल्लामा ६४ हजार ९०७ महिला र ६२ हजार ७२१ पुरुष मतदाता छन्।
नयाँ मतदाता थपिएसँगै जिल्लामा ६ वटा मतदान केन्द्रसमेत थप भएको छ । मंसिर १० को निर्वाचनका लागि १६० मतदान केन्द्र र ८० मतदानस्थल कायम गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।