काठमाडौं– वाम गठबन्धनले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा प्रतिस्पर्धा गर्ने निर्वाचन क्षेत्रको संख्या टुंगो लगाएका छन्।
प्राप्त जानकारी अनुसार प्रतिनिधिसभाका लागि नेकपा एमालेले ९६ र माओवादी केन्द्रले ६३ ठाउँमा उम्मेदवारी दिनेछन्। राष्ट्रिय जनमोर्चा लगायत स्वतन्त्र समूहले ७ ठाउँमा गठबन्धनकै उम्मेदवारको रुपमा प्रतिस्पर्धा गर्ने छन्।
प्रतिनिधिसभा
१) नेकपा (एमाले) : ९६ सिट
२) नेकपा (माओवादी केन्द्र) : ६२ सिट
३) राजमो/स्वतन्त्र समूह : ७ सिट
प्रदेशसभा
१) नेकपा (एमाले) : १९८ सिट
२) नेकपा (माओवादी केन्द्र) : १२६ सिट
३) राजमो/स्वतन्त्र समूह : ६ सिट
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।