मोरङ- मोरङको बेलबारी नगरपालिका–८ चिसाङखोला नजिकै गए राति दुई मोटरसाइकल एकापसमा ठोक्किँदा चार जना गम्भीर घाइते भएका छन्।
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को ७ प २५५९ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको को २५ प ५३५४ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए । दुर्घटनामा मोटरसाइकलमा सवार मोरङ कानेपोखरी गाउँपालिका–२ बस्ने ३० वर्षीय अम्बिका कोइराला, उनकै श्रीमती २८ वर्षीया सम्झना, छोरा दुई वर्षीय असन र अर्को मोटरसाइकलमा सवार धनकुटा राजारानी–६ बस्ने ४४ वर्षीय रुद्र लिम्बू घाइते भएका हुन्।
घाइते चारै जनाको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय, बेलबारीका प्रहरी निरीक्षक रामजी कटुवालले जानकारी दिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।