फलेवास, पर्वत- पर्वतको सदरमुकाम कुस्माबजारमा मंगलबार साँझ भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
पर्वतको कुस्मा नगरपालिका–४ छमर्केमा बस र स्कुटर ठोक्किँदा स्कुटर चालक पर्वतको जलजला गाउँपालिका–९ बनौ घर भई कुस्माको जिरो किमी बस्दै आएका ३३ वर्षीय धनवीर पुनमगरको मृत्यु भएको हो।
नारायणगढबाट बागलुङ जाँदै गरेको ग १ ख ५७८० नम्बरको बस र मालढुंगाबाट कुस्मा आउँदै गरेको एक स्कुटर एकापसमा ठोक्किएका थिए। स्कुटर चालक पुनमगरको पर्वत जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो। बसका यात्रु भने सकुशल छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।