• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
प्रवास

जापान रोजगारी : सिपसँगै सर्टिफिकेट, भाषाको मापदण्डबारे छलफल गरिँदै

64x64
नेपाल लाइभ बिहीबार, चैत १४, २०७५  ०९:१६
1140x725

काठमाडौं– जापानमा रोजगारीका लागि नेपाली कामदार पठाउने विषयमा दुई देशका उच्च अधिकारीबीच सम्झौता भएपछि यसको प्रक्रियाबारे काम सुरु भएको छ। श्रम समझदारी पत्र (एमओसी) मा गत सोमबार दुवै देशका अधिकारीले हस्ताक्षर गरेसँगै नेपाली कामदार जापान रोजगारीमा सरकारी संयन्त्रमार्फत जान पाउने भएका हुन्। 

अप्रिलदेखि कामदार भर्ना प्रक्रिया अगाडि बढाउने गरी सरकारले पहल गरिरहेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ। 

यसअघि व्यक्तिगत तवरमार्फत अदक्ष कामदारहरू रोजगारीमा जापान जाने गरेका थिए। तर, अब जापान रोजगारीमा दक्ष श्रमिकमात्रै जान पाउने भएका छन्। 

यसअघि रोजगारीमा गएका अदक्ष श्रमिकका हकमा कस्तो व्यवस्था होला भन्ने प्रश्नहरू यतिबेला उठ्न थालेका छन्। जापान रोजगारीमा पुगेर श्रम गरिरहेका अदक्ष नेपाली श्रमिकले गरिरहेको काम सोही तरिकाबाट गर्न सक्नेछन्। 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता नारायण रेग्मीले नेपाल लाइभसँग भने, ‘अदक्ष श्रमिकले पनि जापान पुगेर काम गरिरहेका छन्, उनीहरूलाई जापान सरकारले अदक्ष भए पनि स्वीकार गरेकाले उनीहरूका हकमा नयाँ कुनै व्यवस्था छैन।’ 

अब सरकारले गर्ने नयाँ भर्नामा सीप युक्त श्रमिक मात्रै जान पाउने उनको भनाइ छ। 

सर्टिफिकेटसँगै सिप 
जापान रोजगारीका विषयमा चर्चा चलेसँगै जापानिज भाषा अध्ययनका लागि युवाहरु इन्स्टिच्युट र कन्सलटेन्सी धाउने लर्को लाग्न थालेको छ। जापानिज भाषा अध्ययनको सर्टिफिकेट र सिपको सर्टिफिकेट साथमा भएर मात्रै पनि जापान रोजगारीका लागि युवा पठाउन नसकिने सरकारी अधिकारी बताउँछन्।

जापान रोजगारीमा पठाउनुपूर्व सरकारले भाषा परीक्षण र सिप परीक्षण गर्ने भएको छ। सिप चाहिन्छ भनेर सिपको प्रमाणपत्र मात्र बोकेर आउने तर उनीहरू काम गर्न नसक्ने जस्ता समस्या आउने भन्दै सिप परीक्षण गरिने व्यवस्था ल्याइएको मन्त्रालयले जानकारी दिएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

अदक्ष श्रमिकहरू समस्यामा पर्ने भन्दै सरकारले दक्ष श्रमिकहरू जापान रोजगारीको प्राथमिकतामा राखेको छ। 

कोरियाको जस्तै भाषा पास गरेपछि अदक्ष कामदार पनि जान पाउने भन्ने भ्रममा नपर्न श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता नारायण रेग्मी बताउँछन्। प्रवक्ता रेग्मीले भने, ‘भाषा पास भएरमात्रै हुँदैन, सिप परीक्षण पनि हुन्छ, सिप परीक्षणमार्फत दक्ष श्रमिकमात्रै जापान रोजगारीमा जान पाउँछन्।’ 

भाषाको मापदण्डबारे छलफल गरिँदै
जापान रोजगारीमा जाने नेपाली श्रमिकहरूको भाषा अध्ययन तथा परीक्षण विधिबारे थप छलफल भइरहेको मन्त्रालयले जानकारी दिएको छ। हल्लाको पछि लागेर इन्स्टिच्युट वा कन्सलटेन्सी धाउने युवालाई पहिले सिप सिक्न र सोहीअनुसार बुझेर जापानिज भाषा अध्ययन अगाडि बढाउन मन्त्रालयले आग्रहसमेत गर्दै आएको छ। 

भाषा अध्ययन, परीक्षणबारे व्यवस्था जापान सरकारले नै गर्ने र त्यसमा नेपाल सरकारले सहजीकरण मात्रै गर्ने जनाइएको छ। भाषा अध्ययन प्रक्रिया शिक्षा मन्त्रालयसँग सहकार्य गरेर टुंगो लगाइने श्रम मन्त्रालयले जनाएको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

भाषा अध्ययन गराउने निजी प्रशिक्षण केन्द्रको संख्या यकिन गर्न समेत श्रम मन्त्रालयले शिक्षा मन्त्रालयसँग आग्रह गरेको बताइएको छ। 

कहिले खुल्छ जापान रोजगारी? 
जापानी राजदूत सामामिची साइगो र नेपालका तर्फबाट श्रम मन्त्रालयका निमित्त सचिव रामप्रसाद घिमिरेले जापान र नेपाल सरकारबीच श्रमिक आपूर्तिबारे सहकार्यको समझदारी पत्र (एमओसी) मा हस्ताक्षर गरे। 

यससँगै रोजगारीका लागि नेपाली श्रमिकहरूका बाटो खुला भए पनि कहिले देखि नेपाली श्रमिक जापान रोजगारीमा जान पाउने भन्ने टुंगो लाग्न सकेको छैन। 

जतिसक्दो छिटो जापान रोजगारीमा कामदार पठाउन पहल गरिने मन्त्रालयले जानकारी दिएको छ। जसका लागि जापान र नेपाल सरकारबीच जोइन्ट कमिटी गठन गरिने र थप छलफल गरिने प्रवक्ता रेग्मी बताउँछन्। 

जापानमा कामदार अभाव भएसँगै जापान सरकारले विदेशी कामदार भित्र्याउने नयाँ नीतिअनुसार ५ वर्षको अवधिमा ३ लाख ४५ हजारभन्दा बढी विदेशी श्रमिकहरु भित्र्याउने जनाएको छ। 

कृषि, होटल, रेस्टुराँ, माछापालन, नर्सिङ, निर्माण, उद्योग लगायतका विभिन्न १४ वटा क्षेत्रमा श्रमिक लैजाने नीति जापानले अघि सारेको छ। 

जापानका सम्भावित रोजगारीका क्षेत्रमा उल्लेख्य संख्यामा नेपाली श्रमिक पठाउन सरकारले पहल गरिरहेको जनाएको छ। 

नर्सिङ, कृषि, केयरगिभर लगायतका क्षेत्र नेपाली श्रमिकका लागि सम्भावित क्षेत्र रहन सक्ने जनाइएको छ।

प्रकाशित मिति: बिहीबार, चैत १४, २०७५  ०९:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन
भारी वर्षपछि कोलकाताको पूजा पण्डालमा भएको भागदौडमा १९ को मृत्यु, २५ घाइते
सम्बन्धित सामग्री
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? हालको सिजन नरेन्द्र मोदीको सत्ताका २५ वर्ष र त्यसपछिको समयका बारेमा छलफल गर्ने चलिरहेको छ। उनका समर्थकहरू उत्सव मनाइरहेका छन्। उनको... आइतबार, असोज २५, २०८३
महासभाको मञ्चमा नेपाल : परराष्ट्रमन्त्री खनाल उच्चस्तरीय सत्रमा सहभागी मन्त्री खनालसँगै परराष्ट्र सचिव अमृतबहादुर राई, संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा, सहसचिव कृष्णप्रसा... मंगलबार, असोज ६, २०८३
नेपाल–युगान्डाबीच नामको मन्त्रीस्तरीय बैठकबारे छलफल महासभाको उच्चस्तरीय छलफलका क्रममा दुवै मन्त्रीबीच साइडलाइनमा भएको भेटमा असंलग्न आन्दोलन (नाम) का गतिविधि तथा आगामी मन्त्रीस्तरीय बैठ... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
भारी वर्षपछि कोलकाताको पूजा पण्डालमा भएको भागदौडमा १९ को मृत्यु, २५ घाइते आइतबार, कात्तिक १, २०८३
गृहमन्त्रीले गरे बुढीगण्डकी बाढी प्रभावित क्षेत्रको निरीक्षण आइतबार, कात्तिक १, २०८३
सुनकोशीमा दुर्घटनाकी घाइते महिलालाई सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइयो आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्