काठमाडौँ– नेपाली क्रिकेट टिमकी अलराउण्डर पूजा महतो काठमाडौँमा सम्पन्न महिला टी-२०आई शृंखलाको उत्कृष्ट नेपाली खेलाडी घोषित भएकी छन्।
प्रतियोगितामान जितविहीन रहे पनि नेपालका लागि अलराउण्ड प्रदर्शन गरेकी पुजाले उत्कृष्ट नेपाली खेलाडी घोषित हुँदै स्कुटर जितेकी हुन्।
उनले प्रतियोगिताभर ६ खेलमा एक अर्धशतकसहित १३४ रन बनाइन् भने ३ विकेट पनि लिइन्।
प्रतियोगिताको उत्कृष्ट खेलाडी भने थाइल्याण्डकी थिपाथ्चा पुथावोङ घोषित भइन्। यस शृंखलाको उपाधि थाइल्याण्डले जितेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।