काठमाडौ– भृकुटीमण्डपस्थित फनपार्क भाडामा दिँदा अनियमिता गरेको आरोपमा भ्रष्टाचार मुद्दा लागेका तत्कालीन महिला, बालबालिका तथा समाज कल्याण मन्त्री बद्री प्रसाद न्यौपाने ५ लाख धरौटीमा छुटेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाण्डेसहित १४ जना विरुद्ध ३१ करोड ५१ लाख १७ हजार रुपैयाँ भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको थियो।
न्यौपानेसहित समाजकल्याण परिषद्का तत्कालीन उपाध्यक्ष प्रमोद मेहता, कोषाध्यक्ष कुञ्ज बिहारीप्रसाद चौधरी, सदस्य सचिव रविन्द्रकुमार यादव भन्ने रविन्द्र कुमार, सदस्य मोहनराज शर्मा, मदन कुमार लाल कर्ण, हरि न्यौपाने, मेला सञ्चालक टेकबहादुर गुरुङ, प्रमख सञ्चालक रविन्द्र गुरुङ, परिषद्का तत्कालीन कोषाध्यक्ष रत्त गाहामगर, तत्कालीन निर्देशक मदनप्रसाद रिमाल, तत्कालीन उपनिर्देशक बलबहादुर स्वार, तत्कालीन कानुनी सल्लाहकार प्रेम सिंह धामी र जगदेव चौधरीलाई मुद्दा दायर गरेको थियो।
न्यौपानेले धरौटी बापतको रकम नगदै बुझाएर रिहा भएको विशेष अदालतले जनाएको छ।
भृकुटीमण्डपस्थित फनपार्क मेला क्षेत्र रहेको ६० रोपनी जग्गा भाडामा लगाउँदा प्रचलित मापदण्ड र प्रकृया विपरीत गरेको भन्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
कोषको २०६९ भदौ २० को कार्य सञ्चालन समितिको बैठकले रविन्द्र गुरुङ (वारेसकर्ता टेक बहादुर गुरुङ)लाई हालसम्म तिरिरहेको रकमलाई वृद्धि गरी मासिक ५ लाख ५५ हजार (कर सहित) तथा समयावधिलाई बढाइ १५ वर्षको लागी फनपार्क मेला सञ्चालन गर्न ठेक्कामा दिने निर्णय गरेको थियो।
फनपार्कको जग्गालाई प्रतिरोपनी ९ हजार २ सय ५० रपैयाँमा भाडामा दिएको अख्तियारको अनुसन्धानमा पाइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।