काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोगले १६ गतेका लागि आह्वान गरिएको बन्दको कार्यक्रम फिर्ता लिन विप्लव समूहलाई आग्रह गरेको छ।
बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै आयोगले भनेको छ– 'आगामी १६ गतेको लागि आह्वान गरिएको नेपाल बन्दजस्तो आम नागरिकको लागि कष्टप्रद र मानव अधिकारलाई निस्तेज पार्ने किसिमको कार्यक्रम फिर्ता लिई मानव अधिकारको सम्मान हुने वातावरण सिर्जना गर्न समेत आयोग नेपाल कम्युनिस्ट पार्टीलाई विशेष आग्रह गर्दछ।'
कुनै पनि द्वन्द्व, विमति वा संघर्षको स्थितिलाई प्रतिद्वन्द्व वा विवादबाट भन्दा वार्ता र संवादबाटै निराकरण गर्न सकिने आयोगले सुझाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।