काठमाडौं- सरकारले शारीरिक तथा मानसिक रूपमा अशक्त बालबालिकाका लागि सबै स्थानीय तहमा पुर्नस्थापना केन्द्र स्थापना गर्ने घोषणा गरेको छ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले शारीरिक तथा मानसिक रूपमा अशक्त बालबालिकाका लागि ७ सय ५३ वटै स्थानीय तहमा पुर्नस्थापना केन्द्र स्थापना गर्न लागिएको जानकारी दिएको हो।
त्यसमा उनीहरुको हेरचाह, विशेष खालको शिक्षालगायतका व्यवस्था गर्ने सरकारको नीति रहेकोे मन्त्री ज्ञवालीको भनाइ छ।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले मानसिक रुपमै अशक्त बालबालिकाहरुका लागि सरकारले भत्ताको व्यवस्था गर्ने नीति लिएको पनि बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।