भोजपुर- भोजपुर नगरपालिका-५, काफ्ले घ्याङ्गरमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।
राइसकुकरमा खाना पकाउने क्रममा करेन्ट लाग्दा ५९ वर्षीया दिलकुमारी तामाङको सोमबार बेलुका मृत्यु भएको हो। राइसकुकर बत्तीमा जोड्न लाग्दा एक्कासि करेन्ट प्रवाह भएको थियो।
जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायब उपरीक्षक दीपेन्द्र थारु पन्जियारका अनुसार उनको शव परीक्षणका लागि जिल्ला अस्पताल भोजपुर ल्याइएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।