• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

क्यान्सरसँग लड्दै राष्ट्र सेवामा तल्लिन विष्णुप्रसाद पौडेल, भन्छन् : २० वर्ष होइन ४० वर्ष पनि बाँचिन्छ

64x64
नेपाल लाइभ मंगलबार, चैत १२, २०७५  ०८:२८
1140x725

–सुरेन कुँवर/रासस

रत्ननगर- अर्वुद रोग (क्यान्सर) शब्द सुन्नेबित्तिकै जोकोही डराउँछन्। यसलाई निको नहुने रोगका रुपमा बुझ्ने धेरै भेटिन्छन्। तर, भरतपुर–७ कृष्णपुरका विष्णुप्रसाद पौडेल क्यान्सरसँग जुधेर सहज जिन्दगीमा रमाइरहेका छन्। उनी क्यान्सर सचेतनामा समेत सक्रिय छन्।

सरकारी सेवामा रोगकै कारण उनलाई लामो समय बिदा बस्नु परेन। पौडेल अहिले डिभिजन वन कार्यालय चितवनका प्रमुख छन्। यसअघि उनी नवलपरासी, मकवानपुर, चितवनमा वन अधिकृतका रूपमा कार्यरत थिए।

नवलपरासीबाट छुट्टीका दिन चितवन आइरहने पाैडेललाई सामान्य ज्वराेकाे उपचारका क्रममा क्यान्सर भएकाे पुष्टि भएकाे हाे। 'शुक्रबारको बिदामा घर आउँदा एकपटक निकै ज्वरो आयो', विगत सम्झँदै उनी भन्छन्, "निजी क्लिनिकमा गएँ, सामान्य औषधि लिएर फर्किंए, तर पछिसम्म निको भएन।' सुरुमा उनले धपेडीले बिरामी भएको अनुमान लगाए। पछि पुनः परीक्षण गर्दा ‘रगतमा खराबी छ’ भनेर चिकित्सले भनेपछि चिन्ता बढेको अनुभव सुनाउँछन् उनी।

'ठूलै रोग लागेजस्तो पीडा भयो', पाैडेलले उपचार प्रक्रियाबारे भने, 'नजिकै विपी मेमोरियल क्यान्सर अस्पताल थियो, त्यहीं गएँ। रगत परीक्षण भयो। ल्याबको रिपोर्टले क्यान्सर भएको देखियो। 'बोनम्यारो' नै 'ट्रान्सप्लान्ट' गनुपर्छ भनेर डा दामोदर गजुरेलले सुझाउनुभयो।'

मेडिकल अन्कोलोजीका डा गजुरेलले बेलैमा उपचार गर्न पटक–पटक सर्तक गराए। 'यहाँ ट्रान्सप्लान्टकाे सेवा थिएन, भारत नै जानुपर्ने भयो', पौडेलले भने, 'रोगबारे घरमा समेत भनिनँ, हिम्मत हारिनँ।'

रोग पहिचान भएका बेला उनी ३४ वर्षका थिए। विवाह गरेको ४ वर्ष पुगेको थियो, छोरी थिइन्। घरव्यवहार पनि आफैंले हेर्नुपर्दथ्यो। अरुलाई लुकाए पनि दाइलाई रोगबारे सबै खुलाए पाैडेलले। 'क्यान्सर लाग्यो भन्ने बित्तिकै डराउने समाज थियो, रोग लुकाउन बाध्य भएँ', उनले भने, 'तर, उपचार रोकिन, दुःख गरेरै भए पनि भारत पुगेर उपचार गराएँ।'

भारत जाने बेलामा बल्ल घरपरिवारले थाहा पाए। उनकाे मुम्बईको टाटा अस्पतालमा पुनः परीक्षण भयो। बोनम्यारो ट्रान्सप्लाण्ट परिवारका सदस्यबीच ‘म्याच’ नभएपछि घर फर्किन बाध्य हुनुपर्‍यो। बोनम्यारो नपाए पनि पाैडेल अनलाइनमार्फत औषधिको खोजीमा लागे।

Ncell 2
Ncell 2
nimb
nimb

६ महिनाको खोजीपछि उनकाे म्याक्स फाउण्डेशनसँग सम्पर्क स्थापित भयाे। फाउण्डेशनसँग औषधिका लागि फारम भरे। फाउण्डेशनमार्फत सम्पर्क भएकाे ६ महिनापछि मात्रै निःशुल्करुपमा 'ग्लिभेक' भन्ने औषधि आइपुग्यो। पाैडेल भन्छन्, 'नेपालमा पहिलोपटक क्यान्सरको औषधि ग्लिभेक खाने म नै हुँ। नेपालमा किनेर औषधि खानसक्ने अवस्था थिएन।'

त्यसरी संस्थाले ६ महिनासम्म उनको नाममा औषधि पठायो। त्यसपछि सन् २००४ देखि पाटन अस्पतालमै म्याक्सले औषधि पठाउन थाल्यो। अहिले उनले पाटनबाट औषधि लिने गर्छन्। पौडेलले ५ वर्ष ग्लिभेक, २ वर्ष निलोटिनिब, डासाटेनिब हु्ँदै बोसाटेनिब सेवन गरिरहेका छन्।

अहिले उनकाे एक मात्र ध्येय छ, 'जति खाली बस्नुहुन्छ। खाली दिमागमा सैतानको बास हुन्छ। काम गर्नुस्।'

नवलपरासी, चितवन, हेटौँडा हुँदै चितवनको डिभिजन वन कार्यालयका डिएफओ पौडेल अहिले ५४ वर्ष पुगे। उनकी एक छोरी र श्रीमती छिन्। पाैडेलले जागिरे जीवन थालेका पनि २४ वर्ष पुगिसकेको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उनलाई हेर्दा कसैले पनि रोगी हुन भनेर विश्वास गर्दैनन्। उनी सधैँजसो फिल्डमै जान मन पराउँछन्। भन्छन्, 'निजामती सेवामा ५८ वर्षसम्म सेवा गर्ने प्रवाधन छ, अझै ४ वर्ष देशको सेवामा समर्पित हुन्छु।'

पाैडेलकै अगुवाइमा सन् २००४ देखि फाउण्डेशनले भरतपुरस्थित क्यान्सर अस्पतालमा रक्त र आन्द्रा क्यान्सरका बिरामीलाई ३ प्रकारका औषधि वितरण गर्छ। फाउण्डेशनले ग्लिभेक, निलोटिनिब र डासाटिनिब नामक औषधि उपलब्ध गराउँदै आइरहेको छ। यो औषधि अमेरिकाबाट नेपालका दुई अस्पताल पाटन अस्पताल काठमाडौं र भरतपुरस्थित विपी कोइराला मेमाेरियल क्यान्सर अस्पतालमा आउने गरेको छ।

अस्पतालका अनुसार हाल ६ सय ३० बिरामीले याे सेवा लिइरहेका छन्। पौडेलले हप्ताको एक दिन पाएकाे बिदामा पनि क्यान्सर अस्पताल भरतपुरमा गएर आफूजस्तै बिरामीलाई उत्प्रेरणा दिने गर्छन्। 'औषधिले बीचबीचमा काम गर्न छाड्छ', पौडेल भन्छन्, 'काम गरेन भनेर आत्तिनु पर्दैन। खाइरहको औषधिले काम गरेन भने दोस्रो औषधि आएको छ।'

क्यान्सरका अन्य बिरामीलाई उनले सधैँ भन्ने गर्छन्, 'रोग लाग्यो भनेर निरुत्साहित हुनुपर्दैन। चिकित्सक र अस्पतालको सम्पर्कमा बस्नुस्, औषधि नियमित खानुस्। २० वर्ष होइन ४० वर्ष पनि बाँचिन्छ।'

प्रकाशित मिति: मंगलबार, चैत १२, २०७५  ०८:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्