काठमाडौं– प्रहरीले ४ लाख ३५ हजार रुपैयाँसहित १४ जना जुवाडेलाई पक्राउ गरेको छ।
महानगरीय प्रहरी प्रभाग गोंगबुबाट प्रहरी निरीक्षक मोहनविक्रम केसीको कमान्डमा खटिएको टोलीले सोमबार उनीहरुलाई गोंगबुबाट पक्राउ गरेको हो।
गोंगबुको एक घरमा जुवा खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो।
पैसासँगै जुवा र तास पनि बरामद गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होबिन्द्र बोगटीले बताए।
पक्राउ परेकालाई जुवा ऐनमा मुद्दा चलाएर अनुसन्धान सुरु गरिने प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।