काठमाडौं- प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको २५० ग्राम सुनसहित एक जनालाई पक्राउ गरेको छ।
विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन पार्किङ एरियाबाट काठमाडौं महानगरपालिका-३१ बस्ने फहिमुदीन मिँयालाई शनिबार दिउसो प्रहरीले पक्राउ गरेको हो।
पक्राउ गरिएको सुनको बजार मूल्य १२ लाख ८९ हजार ३ सय २२ रुपैयाँ बराबर रहेको प्रहरीले जानकारी दिएको छ। ५ थान बालाका रुपमा सो सुनसहित मियाँलाई पक्राउ गरिएको हो।
पक्राउ परेका मियाँलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।