कपिलवस्तु- कपिलवस्तु जिल्लाबाट प्रहरीले हतियारसहित एक जना पक्राउ गरेको छ। शनिबार बिहान शिवराज नगरपालिका-४ चनईस्थित स्थानीय रिजवान अली मियालाई प्रहरीले नियन्त्रणमा लिएको हो।
रिजवानको घरमा खाटमाथि बिस्तरा लगाई सिरानी मुनी राखेको '७७१' लेखेको खाली म्याग्जिन थान १ र नलकटुबा पेस्तोल थान १ फेला पारिएकाले नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।