लहान- भन्सार छली आयात गरिएका करिब १ लाख ७५ हजार मूल्य बराबरका कपडा र २ वटा मोटरसाइकल सिरहा प्रहरीले नियन्त्रणमा लिएको छ।
गस्तीमा खटिएको प्रहरी टोलीले सखुवानन्कारकट्टी गाउँपालिका-३ बाट मोटरसाइकलसहित ती कपडा नियन्त्रणमा लिएको हो।
टेन्टको कपडा ५० थान, तन्ना ७८ थान, कुर्थाको कपडा १२ थान तथा सामान आयातका लागि प्रयोग भएका स ४ प ५८१५ र बिआर ३२ जी ०८९३ नम्बरको मोटरसाइकल नियन्त्रण गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
बरामद भएका सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाएको प्रहरीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।