जनकपुर- आज मिथिला क्षेत्रमा होली मनाइएसँगै देशभर होली पर्व सकिएको छ। प्रदेश २ काे राजधानी जनकपुर र आसपासका क्षेत्रमा धुमधामका साथ ‘होली’ मनाइएको हाे।
बालबालिकादेखि वृद्धवृद्धसमेत हाेलीकाे रङले रंगिएका थिए। विशेषगरी युवायुवतिमा बढी मात्रामा हाेलीकाे प्रभाव परेकाे देख्न सकिन्थ्याे। अधिकांश मिथिलाबासी उल्लास र उमंगकाे पर्व हाेलीमा एकअर्कामा अबिर र रङ दलेर खुसी साट्नमा व्यस्त देखिन्थे। कतिपय स्थानमा लाेकसंस्कृतिकाे जगेर्ना गर्नुपर्ने भन्दै जाेगिरा गाउँदै हाेली खेलिएकाे थियाे।
पहाडसँगै मधेशका अधिकांश जिल्लाहरुमा बुधबार र बिहीबार होली मनाइएको थियो। तर, आजको दिन जनकपुरमा विशेष रह्यो। प्रदेश–२ सरकारले पनि शुक्रबारलाई पनि होलीको सार्वजनिक बिदा दिएको थियो।
१५ दिवसीय मिथिला माध्यमिकी परिक्रमा जनकपुर आएर अन्तरगृह परिक्रमा सम्पन्न भएको भोलिपल्ट जनकपुरमा होली मनाउने चलन छ। पूर्णिमाको अन्तरगृह परिक्रमा गरिने हुनाले सो दिन नगरक्षेत्र भित्र मदिरा र माछा मासुको सेवन वर्जित हुन्छ।
हेराैं हाेली खेल्दाका केही तस्बिरहरुः







नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।