अर्घाखाँची- अर्घाखाँचीकाे मालारानी-२ बाट चार थान हतियार बरामद गरिएकाे छ। जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय खन, अर्घाखाँचीबाट खटिएको नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलिले आज साे परिमाणमा हतियार बरामद गरेकाे हाे।
प्रहरीले मालारानी-३ बस्ने कमल चौवानको घरको करिब १० मिटर दक्षिणतर्फ पहरामा खिया लागेको अवस्थामा 'टुटु म्याग्नम' २ थान र एक थान भरुवा बन्दुक फेला पारेकाे बताएकाे छ। निज कमल चौवानकै खालि रहेको घरमा खानतलासी गर्दा १ थान भरुवा बन्दुकसमेत बरामद गरिएको छ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।