काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको निधन भएको ९ वर्ष पूरा भएको छ। उनको नवौं स्मृति दिवसका अवसरमा जिपी फाउन्डेसनले काठमाडौंको बत्तीसपुतलीमा 'तस्बिरमा गिरिजाप्रसाद कोइराला' नामक तस्बिर प्रदर्शनी गरेको छ।
तस्बिरमा कोइरालाको व्यक्तिगतदेखि राजनीतिक जीवनका महत्वपूर्ण तस्बिरहरु समावेश छन्। दोस्रो जनआन्दोलनका क्रममा सुरक्षाकर्मीको लाठी खाएको, बृहत् शान्ति सम्झौताको हस्ताक्षर गरेको, विदेशी कूटनीतिसँगको भेट, राजनीतिक भाषण गरेको लगायतका तस्बिर प्रदर्शनीमा राखिएका छन्। उक्त प्रदर्शनीमा राखिएका तस्बिर कसले खिचेका हुन्, खुलाइएको छैन।
१९८१ असार १८ मा जन्मिएका कोइरालाको २०६६ चैत ७ गते निधन भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।