सप्तरी- सप्तकोशी नगरपालिका-१ बस्ने ४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा सोही स्थान बस्ने ३८ वर्षीय दिपक भुजेललाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ।
भुजेलले बालिकामाथि याैन दुर्व्यवहार गरी घाइते बनाएको भन्ने सूचनाका आधारमा प्रहरी चौकी फत्तेपुर, सप्तरीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।
घाइते बालिकाको स्थानीय फत्तेपुर पोलिक्लिनिकमा उपचार भइरहेको छ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।