काठमाडौं- नेपालगञ्ज उपमहानगरपालिका–१० बस्ने २२ वर्षीय मुन्नु अन्सारीलाई अपहरण गर्ने मध्येका एकजनालाई ६ वर्षपछि प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बाँके जानकी गाउँपालिका–३ इन्द्रपुर बस्ने ५० वर्षीय मुल्ला भनिने निजामुद्दिन साई छन्। उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेको प्रहरीले सोही उपमहानगरपालिका–१५ जमुनाहबाट पक्राउ गरको हो।
जिल्ला अदालत नेपालगञ्ज बाँकेको २०७२ माघ २ गतेको फैसलाले उनलाई अपहरण तथा शरीर बन्धक मुद्दामा ९ वर्ष कैद र ९ लाख ५० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो।
अन्सारीलाई २०६९ असार २६ गते नेपालगञ्ज उपमहानगरपालिका-९ बाट ९ जनाले अपहरण गरी भारतमा लगि बन्धक बनाएर ९ लाख रुपैयाँ फिरौती लिएर फरार भएका थिए।
घटनामा संलग्न अन्य अपहरणकारीमध्ये बाँके ईन्द्रपुरका सुष्मा बर्मा र बाँके भवानियापुरका प्रमोद गिरी यसअघि पक्राउ परी हाल थुनामुक्त भएका छन्।
बाँके ईन्द्रपुरका रगौ भन्ने रिजवान साई हाल कारागार शाखा नेपालगंजमा छन् ।
बाँके कम्दीका २८ वर्षीय बकरिदी शेष तथा २२ वर्षीय झल्लु धोबी, भारत मोतीपुरका ३० वर्षीय ईरसाद खान, ३८ वर्षीय मोइन कुरेसी र ३८ वर्षीय सिराजुल रहमान अन्सारी गरी ५ जना अझै फरार छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।