काठमाडौं- नेपाल प्रहरीले सामाजिक सञ्जालमा अमर्यादित तथा अश्लील कार्यक्रम सञ्चालन गर्ने ३ जनालाई पक्राउ गरेको छ।
महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले युट्युब च्यानलमार्फत अश्लिल सामग्री प्रसारण गर्ने फुल्चोकी मिडिया गुप्रका सञ्चालक राजकुमार कुँवर, कार्यक्रम सञ्चालिका लक्ष्मी मोक्तान र अन्तवार्ता दिने मोडल परी तामाङलाई मङ्गलबार कलङ्कीबाट पक्राउ गरेको हो।
प्रहरीले अश्लिल सामग्री युट्युबमा ‘मस्ती टक टाइम’बाट प्रशारित गरी सामाजिक सञ्जालमा अमर्यादित, अश्लिल, उत्तेजिक अन्तवार्ता दिएको र कार्यक्रम सञ्चालन गरेको भन्दै पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
पक्राउ परेका तीनै जनालाई साइबर अपराधअन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।