काठमाडौं- होलीको अवसरमा उच्छृङ्खल गतिविधि गर्ने ८४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरुलाई उपत्यकाका विभिन्न क्षेत्रबाट पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा काठमाडौँका ४५, ललितपुरका ३५ र भक्तपुरका ४ जना रहेका छन्।
होली विशेष सुरक्षा योजना बनाएर आज हरेक कार्यक्रमस्थलमा प्रहरी परिचालन गरिएको थियो।
यसैबीच महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उल्लङ्घन गर्ने ५ सय १९ भन्दा बढी सवारीसाधनका चालकलाई नियन्त्रणमा लिएको प्रवक्ता जयराज सापकोटाले जानकारी दिए।
नियन्त्रणमा लिइएकामा अधिकांश मोटरसाइकल चालक छन्। -रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।