काठमाडौं– फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज हिमाली एवम् पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ। वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा रहेको छ।
यसैअनुरुप बुधबार नेपाली कलाकर्मीहरुले पनि खुलेर होली पर्व मनाएका छन्। काठमाडौंको बानेश्वरस्थित एक कार्यक्रममा भेला भएर कालकर्मीहरुले एकसाथ होली मनाएका हुन्। उक्त स्थानमा वरिष्ठ हास्य कलाकार हरिवंश आचार्य, दीपकराज गिरी, किरण केसीलगायत दुइ दर्जन बढी कलाकर्मीको उपस्थिति रहेको थियो।
एक अर्कामा रङ लगाउदै कलाकर्मीहरुले सम्पूर्ण नेपालीमा खुसी र उमंगको कामना गरे। यससँगै देशमा पछिल्ला राजनीतिक घटनालाई लिएर चिन्ता व्यक्त गर्दै राजनीतिक दलले वार्ता र सहमतिका आधारमा देशमा शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन समेत कलाकारले सुझाएका छन्।
















नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।