काठमाडौं- काभ्रे जिल्लामा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र प्रहरीबीच गोली हानाहान भएको छ।
गोली हानाहान भएपछि प्रहरीले विप्लव समूहका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेको विवरण प्रहरीले खुलाएको छैन।
विप्लव समूहका मान्छेको गतिविधि भएके भन्ने सूचनाका आधारमा त्यसतर्फ लागेको महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले गोली प्रहार गरेको तर कसैलाई पनि गोली नलागेको नलागेको महाशाखाका एसपी केदार ढकालले जानकारी दिए।
पक्राउ गर्ने क्रममा प्रहरीतर्फ नै गोली चलाएपछि जवाफी फायर गरेको प्रहरीले दाबी गरेको छ।
घटनाको थप विवरण आउन बाँकी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।