काठमाडौं- महानगरीय प्रहरी विमानस्थल सुरक्षा कार्यालय, गौचरणबाट खटिएको प्रहरी टोलीले भन्सार छली ल्याइएका सुन र विभिन्न कम्पनीका मोबाइलसहित ४ जनालाई पक्राउ गरेको छ।
प्रहरीले आइतबार दिउँसो २ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको पार्किङ एरियाबाट बारा कलैया उपमहानगरपालिका–९ का संदीप पटेललाई भन्सार छली गरी ल्याएको सुनको बाला -२ थान (९९ सय ग्राम) सहित नियन्त्रणमा लिएको हो। उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरणमा बुझाइएको छ।
त्यसैगरी आइतबारै चितवन घर भएका सुनील राउतले भन्सार छली ल्याइएको ९ सय ९९ ग्राम, मकवानपुरका अपर्ण केसीले भन्सार छलेर ल्याएको १ सय ३९ ग्राम सुन र भोजपुर नगरपालिका–९ घर भएका मनोज राईले भन्सार छलेर ल्याएको ९९ सय ग्राम सुनसहित पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।
त्यसैगरी उनीहरुको साथबाट भन्सार छलेर ल्याएका विभिन्न कम्पनीका मोबाइल र ल्यापटपसमेत बरामद गरिएको प्रहरीले उल्लेख गरेको छ। उनीहरुलाई अनुसन्धानको लागि त्रिभुवन विानस्थल भन्सार कार्यालय बुझाइएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।