विराटनगर– विराटनगरमा लागुऔषधसहित १ युवकलाई प्रहरीले पक्राउ गरेको छ।
विराटनगर महानगरपालिका–१५ भन्सार कार्यालयको २ नम्बर ढाँटबाट सुनसरीको बराहक्षेत्र नगरपालिका–१ का २० वर्षीय मोहन साहलाई प्रहरीले पक्राउ गरेको हो।
भारतको जोगवनीबाट विराटनगरतर्फ पैदल आउँदै गरेका साहको साथबााट डाइजेल्याब, एभिल, लुपिजेसिक र स्पास्मोप्रोक्सिभोन लगायतका लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ।
साहलाई इलाका प्रहरी कार्यालय रानीमा राखी थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।