• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

हाेलीका सामानले रंगियाे जनकपुर [फाेटाे फिचर]

64x64
नेपाल लाइभ मंगलबार, चैत ५, २०७५  १२:१५
1140x725

जनकपुर- फागुपूर्णिमा अर्थात् हाेली आउन केही दिन मात्रै बाँकि छ। हाेलीका कारण जनकपुरकाे बजार क्षेत्र अविर, विभिन्न रङ, लोला तथा पिचकारीले भरिभराउ छन्। केटाकेटी, युवायुवतीदेखि उमेरले पाका व्यक्तिहरु पनि होलीका लागि चाहिने आवश्यक सामग्री खरिद गर्नमा व्यस्त देखिन्छन्।

हाेली आउनु केही समयअघि नै देखिएकाे चहलपहललाई हेर्दा पहिलेको तुलनामा यसपटक होलीको रौनक बढी रहेकाे जानकारहरु बताउँछन्।

वसन्त ऋतुको आगमनसँगै फागुन शुक्ल पूर्णिमाका दिन मनाइने यो चाड एक अर्कामाथि विभिन्न प्रकारका रङ दलेर मनाउने गरिन्छ। तराईतिर चतुर्दशीकाे राति होलिका दहन गर्ने चलन छ। होलिका दहन गरिसकेपछि पूर्णिमाका दिन बिहानैदेखि एकअर्कामा रङ दल्ने प्रचलन प्राचीन कालदेखि चलिआएको मान्यता छ। यस दिन बच्चादेखि वृद्धवृद्धासम्म सबै होलीको उल्लासमा रमाइरहेका हुन्छन्।

धार्मिक र सांस्कृतिक महत्व बाेकेकाे यस पर्वलाई एकअर्कामा आपसी भाइचारा र सम्बन्ध प्रगाढ बनाउने सामाजिक पर्वका रुपमा समेत हेरिन्छ। होलीको दिन पुरानो कटुता र दुस्मनि बिर्सेर एकआपसमा खुसी साट्ने गरिन्छ। फागु पूर्णिमाका अवसरमा रङका अलावा भेगीय हिसाबमा गाइने गीत र नृत्यलाई समेत विशेष महट्टवका साथ हेरिन्छ। तराई क्षेत्रमा पनि गीत तथा नृत्यमा झुम्दै एकअर्कामा रङ दल्ने परिपाटी छ। जसले सबैमा उत्साह र उमङ्गकाे सञ्चार गराउँछ।

होली प्रिन्टेड टिसर्टकाे क्रेज बढ्दो

धनुषा रमदैयाका दिपक यादव साेमबार बिहान महेन्द्रनगर बजारमा होलीका लागि टिसर्ट छान्दै थिए। भाइ र बहिनीलाई टिसर्ट किनिदिन महेन्द्रनगर पुगेका दिपेश यादवले आफूलाई पनि 'ह्याप्पी होली' लेखेको टिसर्ट किने। हरिहपुरकी रीता घिमिरेले पनि महेन्द्रनगरमा छोराछोरीलाई होलीको टिसर्ट किनिदिइन्।

Ncell 2
Ncell 2
nimb
nimb

वटेश्वर गाउँपालिका-५, शान्तिपुरका अरुण लामाले पनि आमासँग साेमबार नै महेन्द्रनगर आएर ‘ह्याप्पी होली’ प्रिन्ट गरेको टिसर्ट किनेर लगे। सेतो टिसर्ट लगाएर होली खेल्न मन लागेपछि १३ वर्षीय अरुण आफ्नो आमासँग महेन्द्रनगर आएका थिए। अघिल्लो वर्ष सबैले होलीको टिसर्ट लगाएको देखेपछि उनलाई पनि यो वर्ष ‘ह्याप्पी होली’ लेखेको टिसर्ट लगाएर होली खेल्ने रहर जागेको हो।

क्षीरेश्वरनाथ नगरपालिका-७ मा प्रत्येक सोमबार र शुक्रबार लाग्ने साप्ताहिक हाट ‘नयाँ बजार’मा केहिदिनयता होलीका लागि सामग्री खरिद गर्नेहरुको भिड लागेको छ भने बेच्ने व्यापारीहरुलाई पनि भ्याइ-नभ्याई छ। महेन्द्रनगरका व्यापारी दीपेन्द्र मण्डलले भने, ‘होलीमा पिचकारी, बेलुन, रङ बिक्री गर्न थालेको ५ वर्ष भयो, तर गत वर्षभन्दा यस वर्ष व्यवसाय बढेको छ।’ मण्डलले भनेजसतै उनको पसल अगाडि पनि ग्राहकको भीडभाड देखिन्थ्यो।

सखुवा बजारमा होलीका टिसर्ट बिक्री गर्न बसेका विश्वनाथ यादव पनि व्यस्त देखिन्छन्। बच्चादेखि बुढासम्मका होलीका टिसर्ट पाइने उनको पसलमा ग्राहकको भीड छ। यादव भन्छन्, ‘व्यापार राम्रै भइरहेको छ, तर ग्राहक बढेसँगै बिक्रेता पनि ह्वात्तै बढेका छन्।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

रङहरूको पर्व होलीले धनुषाका विभिन्न बजारहरुमा ग्राहक र व्यापारीको चहलपहल निकै बढेको छ। प्रदेश २ को राजधानी जनकपुरसँगै जिल्लाका व्यापारिक केन्द्र महेन्द्रनगर, ढल्केवर, सबैला, विरेन्द्रबजार, धनुषाधामलगायतका मुख्य बजारहरू 'गुल्जार' बनेका छन्। होलीका सामाग्री (टिसर्ट, रङ, अबिर, पिचकारी, बेलुन) पाइने पसलमा ग्राहकहरुको घुइँचो लागेको देखिन्छ।

कुन सामानकाे मूल्य कति?

व्यापारीकाे पनि व्यस्तता बढेकाे छ। होलीमा प्रिन्टेड सेता टिसर्ट, रङ, पिच्कारी, बेलुन, पेन्टको बिक्री बढेको छ। पसलभरी होलीका टिसर्ट झुन्डाइएका छन्। ‘ह्याप्पी होली’, ‘आयो होली’, ‘दाजुभाइ होली’लगायत प्रिन्ट गरिएका सेता टिसर्टले युवाहरुको ध्यानाकर्षण गरेको छ भने पाका उमेरकाहरुले होली खेल्नलाई सेतो कुर्ता र पाइजामा खरिद गरिरहेका व्यापारी यादव बताउँछन्।

बजारमा एक सय ५० रुपैयाँदेखि होलीका टिसर्ट किन्न पाइन्छन्। साना/ठूला सबै टिसर्टको मूल्य एउटै राखिएकाे छ। त्यसैगरी कुर्ता–पाइजामाको मूल्य ३ सय रुपैयाँदेखि एक हजार २ सयसम्म रहेको व्यापारीहरु बताउँछन्।

त्यस्तै, पिचकारी ५० रुपैयाँदेखि ८ सयसम्मका उपलब्ध छन्। एक किलो रङको मूल्य ३ सय रुपैयाँ रहेको महेन्द्रनगरका व्यवसायी रमेश गुप्ताले बताए।

टिसर्ट चीनबाट रङ भारतबाट आयात

नेपालमा चिनियाँ कपडाको टिसर्ट सिलाएर प्रिन्ट गरिन्छ। पिच्कारी, बेलुन चीनबाटै आउँछन्। होलीको रङ भारतबाट भित्रिन्छ। नेपालमा धेरैजसो रङ भारतबाटै भित्रिने गरेको व्यवसायी बताउँछन्।

होली प्रिन्ट गरिएका टिसर्ट नाइलन र कटन कपडामा उपलब्ध छन्। चीन र भारतबाट रोल कपडा आउँछ। कपडा काटेर विभिन्न साइजमा टिसर्ट सिलाएर प्रिन्ट गरिन्छ।

काठमाडौंको भोटेबाहालमा सबैभन्दा बढी टिसर्ट सिलाउने र प्रिन्ट गर्ने काम हुन्छ। त्यहाँका घर–घरमा कपडा सिलाउने र प्रिन्टको काम हुने महेन्द्रनगरका व्यापारी लालजी गुप्ताले बताए।

एकै पटक डेढ/दुई सय टिसर्टको पनि माग

होलीमा टिसर्ट खोज्दै आउनेमा स्कुल/कलेजका विद्यार्थी बढी हुन्छन्। साना बच्चाका लागि आमाबाबु नै टिसर्ट खोज्दै आउँछन्। एकै पटक डेढ/दुई सय टिसर्टको माग पनि आउने गरेकाे गुप्ता बताउँछन्। स्कुल, कलेज, संघसंस्थाका कार्यक्रममा ठूलो परिमाणमा होलीका टिसर्टको माग हुने गरेको छ।

जनकपुर उपमहानगरपालिकाको शिवचोकदेखि भानुचोक बीचका पसलहरुमा 'ह्याप्पी होली' लेखिएका सेता टिसर्टहरु भुन्ड्याएको र खरिद गर्नेहरुको भीड देखिएको छ।

यस्तै, रमानन्द चोकमा ठेलामा लोला तथा अविर बेच्नका लागि बसेका लक्ष्मण गुप्ताले व्यापार राम्रो भइरहेको तथा होलीका लागि आवश्यक सामान किन्न आउनेहरुको संख्या पनि धेरै भएको बताए।

जनकपुरका व्यापारी मनोज गुप्ताका अनुसार याे समयमा सबैभन्दा बढी पिचकारी र बेलुन बिक्री हुन्छ। केटाकेटीले बढी पिचकारी र बेलुन खोज्छन्। अनुहार रंगाउने सिल्भर, गोल्डेन कलरको बिक्री पनि बढेको छ।

प्रकाशित मिति: मंगलबार, चैत ५, २०७५  १२:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
भारी वर्षपछि कोलकाताको पूजा पण्डालमा भएको भागदौडमा १९ को मृत्यु, २५ घाइते आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्