नेपालगञ्ज- भैंसी चोरी लैजाँदै गर्दा २ जना रंगेहात पक्राउ परेका छन्। शनिबार दिउँसो सवा तीन बजेको समयमा उनीहरुलाई बाँके प्रहरीले रंगहात पक्राउ गरेको हो।
पक्राउ पर्नेमा मेराज भनिने २५ वर्षीय चाद अली शेष र वर्ष २५ कै वकिल शेष रहेको प्रहरीले जानकारी दिएको छ।
उनीहरुले बाँके जिल्ला डुडुवा गाउँपालिका- ६ का काशीराम अहिरका २ माउ भैसी चोरी गरेका थिए।
चोरी गरिएका दुबै भैंसी सम्बन्धित ब्यक्तिको जिम्मा लगाएको प्रहरीले बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।