• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

वैदेशिक रोजगारको अत्यास : अवैध सम्बन्धदेखि सुपारी दिएर श्रीमान्‌को हत्यासम्म

64x64
नेपाल लाइभ शुक्रबार, चैत १, २०७५  १३:५०
1140x725

जनकपुर- पछिल्लो समय वैदेशिक रोजगारमा जाने क्रमसँगै पारिवारिक विखण्डन अत्यासलाग्दो ढंगले बढिरहेको छ। एक-अर्कासँग छुट्टिएर बस्दा युवा दम्पतीमा आउने विचलनबाट उनीहरुका बालबच्चाहरु मानसिक दबाबमा परेका छन्। विवाह भएपछि युवकहरु विदेश जाँदा यो समस्या झन् विकराल बनेको छ। 

प्रेमीसँग भागेपछि श्रीमान् र बच्चाको बिचल्ली
मोहितलाल महतो (नाम परिवर्तन) तीन वर्षपछि कतारबाट घर फर्किए। २९ मंसिरसम्म फोनमा कुराकानी भइरहेकी श्रीमती संगीता (नाम परिवर्तन) लाई उनले ३० गते घरमा देखेनन्। उनी झस्किए, र सुरु गरे श्रीमतीको खोजी। उनकी श्रीमती एक छोरा र एक छोरीलाई छाडेर प्रेमीसँग भागिसकेको उनले गाउँलेबाट थाहा पाए।

श्रीमान्‌ले वर्षौंदेखि कमाएर जम्मा गरेको पैसा लिएर संगीता अर्को केटासँग हिँडिसकेकी थिइन्। उनी न्यायका लागि यतिबेला जिल्ला प्रहरी कार्यालय धाइरहेका छन्। संगीता तीन लाख रुपैयाँ लिएर भागेको मोहितलालको भनाइ छ।

OOO

धनुषा दिगम्बरपुर–४ का शोभित महतो (नाम परिवर्तन) सात वर्षदेखि विदेशमा थिए। उनी केही समयअघि मात्र घर आए। उनकी श्रीमती पनि सबै सम्पत्ति पोको पारेर अर्कैसँग भागिन्।

वैदेशिक रोजगारबाट गाँउमै किनेको १५ धुर घडेरी, आठ लाख रुपैयाँ र ६ तोला सुन गुमेपछि उनी बिलखबन्दमा परेका छन्। अर्कैसँग भागेकी श्रीमतीको खोजी गरेर धनसम्पत्ति फिर्ता गरिदिन उनले जिल्ला प्रहरीमा उजुरीसमेत दिएका छन्।

OOO

महोत्तरीको पिपराका चौधरी थरकी एक महिला लोग्नेले विदेशबाट दुःख गरी कमाएर पठाएको रकम लिन बैंकमा जाने गरेकी थिइन्। रेमिट्यान्सको रकम संकलन गर्न आवतजावत गरिरहँदा बैंकमै उनको कलाउद्दिन नाउँ गरेका एक जनासँग भेट भयो। लोग्नेले पठाएको पैसाले उनीहरुले लामो समयसम्म मोजमस्ती गरे। लोग्ने फर्कने समय भएपछि दुवै जना फरार भए। अहिले बिहासमेत गरिसकेका उनीहरुले विदेशबाट आएको रकम र सरसामान लिएर फरार भएपछि चौधरी थरकी महिलाको लोग्नेको बिल्लीबाठ भएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

OOO

महोत्तरीको सुगा–३ मा सामान्य उद्यम गरे जेनतेन गुजारा गरिरहेका जीवछ मण्डल अचानक हराएपछि उनको खोजी सुरु भयो। उनले सञ्चालन गरिरहेको चियापसल भएको कोठाको ताल्चा धेरै दिनसम्म नखुलेपछि गाउँलेहरुले सजिलै लख काटे कि उनी किन बेपत्ता भए। उनी सुटुक्कै छिमेकमा रहेको बहुअर्वा गाउँकै तीन छोरी र तीन छोराकी आमालाई लिएर ‘जोइल’ गएको पत्तो लाग्यो। 

एक वर्षयता जीवछकै पसलमा दूध बेच्दै आएकी मिनाक्षी (नाम परिवर्तन) का श्रीमान् मजदुरी गर्न लामो समयदेखि कतारमा छन्। श्रीमान्‌बिना गाउँमा  पशुपालन गर्दै आएकी मिनाक्षी जीवनसँग लहसिन्। थोरै समयको अन्तरालमा मिनाक्षी र जीवनले बिहे गर्ने निर्णय गर्दै सामाजिक र पारिवारिक दायित्वको हेक्का नराखी फरार भए।

गाउँसमाजको डर र लाजधाकले केही महिना भारतका विभिन्न सहरमा बसेर अहिले उनीहरु गाउँ फर्केका छन्। उनीहरु गाउँ फर्कनेबित्तिकै मिनाक्षीका पूर्व श्रीमान् पनि विदेशबाट आए। ‘पञ्चायत’ गरियो। पञ्चले एकैस्वरमा मिनाक्षीलाई पूर्वलोग्ने वा अहिलेको लोग्नेसँग बस्ने भनेर सोधे। उनले भने आफू एक्लै बस्न नसक्ने भएकीले अहिलेकै लोग्नेसँग बस्ने उत्तर दिइन्। उनको गुनासो थियो, ‘पहिलेको श्रीमान् पटकपटक विदेश गएकोले आजित भएर लोग्नेसँग अलग्गिने टुंगोमा पुगेकी हुँ।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

लाखौं लिएर प्रेमी बेपत्ता
जनकपुर–१ की ४० वर्षीया महिलाको २२ वर्षीय युवकसँग प्रेम भयो। श्रीमान् विदेशमा थिए। ती महिला छिमेकमै डेरा लिई बस्ने युवाको प्रेमजालमा परेकी थिइन्। बाहिर कतै जानुपरे ती युवकसँग जार्ने गर्थिन्। होटेल तथा लजमा सँगै बस्न समस्या हुने गरेकाले दुवैले काठमाडौंस्थित एक मन्दिरमा नक्कली बिहे गरे।

विदेशमा रहेका श्रीमान्‌ले पठाउने पैसामा दुवैले मोजमस्ती गरे। पछिल्लोपटक छोरीको बिहेका लागि श्रीमान्‌ले पठाएको ३२ लाख रुपैयाँ ती युवकले लिएर फरार भएपछि महिला छाँगाबाट खसिन्। उनी यतिबेला बिचल्लीमा छिन्। उनलाई श्रीमान्‌ले पनि हेर्न छाडेका छन्। प्रेमीले पनि धोका दिएपछि ती महिला जनकपुर छाडेर अन्तै गएको प्रहरीले जनाएको छ।

श्रीमतीको प्रेमीद्वारा फिल्मी शैलीमा हत्या
२०७३ कात्तिक २७ गते जनकपुर–२२ बस्ने २५ वर्षीय श्रीराम ठाकुरको धनुषाको ढल्केवर–जनकपुर राजमार्गको क्षीरेश्वरनाथ नगरपालिका वडा नं ५ महेन्द्रनगर सडकखण्डमा गाडीले ठक्कर दिएको अवस्थमा शव बरामद भयो।

घटनाको प्रारम्भिक अनुसन्धानमा प्रहरीले रातिको समयमा कुनै गाडीले ठक्कर दिएर भागेको आशंका गर्‍यो। तर, थप अनुसन्धान गर्दै जाँदा वास्तविकता अर्कै भेटियो।

वास्तवमा प्रेम र सम्पत्तिका कारण ठाकुरको हत्या भएको थियो। ठाकुरको शव पोस्टमार्टमपश्चात् दाहसंस्कारका लागि घरमै राखिएको अवस्थामा एक अपरिचित मृतककी श्रीमती नितु मिश्रलाई भेट्न पुगे। त्यसपछि प्रहरीले नयाँ ढंगले अनुसन्धान अघि बढायो।

ठाकुर २६ कात्तिक दिउँसो घरबाट निस्केका थिए। त्यो दिन उनी घर आएनन्। नितुले भोलिपल्ट बिहान श्रीमान् घर नआएको आफन्तलाई जानकारी दिइन्। प्रहरीले उनलाई शंकाको घेरामा राखेको थियो। र, नियन्त्रणमा लिई सोधपुछ सुरु गर्‍यो।  सोधपुछका क्रममा उनले छिमेकी जितेन्द्र चौधरीसँग प्रेम सम्बन्ध रहेको स्वीकार गरिन्। प्रहरीले जनकपुर–६ का ३० वर्षीय जितेन्द्र चौधरीलाई पनि पक्राउ गर्‍यो। त्यसपछि घटनाको वास्तविक रहस्य खुलेको धनुषाका प्रहरी उपरीक्षक लालमणि आचार्यले बताए।

श्रीराम ठाकुर वैदेशिक रोजगारीमा गएको बेला जितेन्द्र र नितुबीच प्रेम बसेको थियो। ठाकुर फर्किएपछि आफूहरूको प्रेममा बाधक बनेकाले योजना बनाई हत्या गरेको जितेन्द्रले स्वीकार गरेका छन्। नितुले बेलाबेला आर्थिक सहयोग पनि गर्दै आएको उनले बयान दिएको प्रहरीले जनाएको छ। तर, श्रीराम विदेशबाट फर्केपछि आर्थिक सहयोगसमेत बन्द भएकाले हत्या गरेको जितेन्द्रले प्रहरीलाई बयान दिएका छन्।

धनुषाको प्रको महुवा घर भई हाल जनकपुर–४ बस्ने २८ वर्षीय मनोज चौधरीलाई आर्थिक प्रलोभनमा पारी जितेन्द्रले हत्या गर्न लगाएका थिए। जिल्ला अदालतले जितेन्द्र र मनोज दुवैलाई पुर्पक्षका लागि जलेश्वर स्थित कारागार पठाएको छ। नितुलाई भने एक लाख धरौटीमा रिहा गरेको छ।

प्रेमिकाले धोका दिएपछि आत्महत्या!
जनकपुरको बिसहारा चोकस्थित एक घरको छतबाट खसेर धनुषा भरतपुर–३ का २६ वर्षीय उमेश यादवको मृत्यु भयो। यादवको मृत्युको कारण पनि प्रेम नै रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

घटना हुनुअघि यादव जनकपुरमा डेरा लिई बस्दै आएका थिए। सोही घरमा डेरामा बस्ने धनुषा रघुनाथपुरका चन्द्रदीप यादवकी श्रीमती रिंकुसँग उनको प्रेमसम्बन्ध भयो। चन्द्रदीप वैदेशिक रोजगारमा गएको बेला दुवैबीच प्रेम सम्बन्ध झाँगिएको थियो। श्रीमान् विदेशबाट घर फर्केपछि रिंकुले उमेशलाई बेवास्ता गर्न थालेकी थिइन्। त्यही झोँकमा मदिराको नशामा उमेशले छतबाट हाम फालेर आत्महत्या गरेको प्रहरीको भनाइ छ। घटनापछि चन्द्रदीप र रिंकु  फरार रहेको प्रहरीले जनाएको छ।

सुपारी दिएर श्रीमान्‌को हत्या
आफ्नै श्रीमान्‌को हत्यामा संलग्न रहेको भन्दै महोत्तरी प्रहरीले महोत्तरी हतिसर्वा–८ की ज्योति मिश्रलाई पक्राउ गरी मुद्दा चलाएको छ। प्रहरीले मिश्रसँगै धर्मपुर–६ बस्ने ३१ वर्षीय फिरोज कवारी, धमौरा–१ बस्ने ३७ वर्षीय तुफान नट अन्सारी, बगडा–७ बस्ने ४४ वर्षीय गंगाराम दास र महोत्तरी गाविस–७ बस्ने २९ वर्षीय कुबेर राउतलाई पक्राउ गरेको छ।

२२ वर्षीया ज्योति मिश्रले वैदेशिक रोजगारबाट घर फर्केका २५ वर्षीय श्रीमान् अञ्जनीकुमार मिश्रको हत्या गराएको प्रहरी अनुसन्धानमा खुलेको छ। परपुरुषसँगको अनैतिक सम्बन्धका कारण पतिको हत्या गराएको अनुसन्धानबाट पत्ता लागेको महोत्तरीको प्रहरी निरीक्षक रवीन्द्र खनालले बताए। उनले सुपारी दिएर आफ्ना श्रीमान्‌को हत्या गराएकी थिइन्।

OOO

गाउँसमाजमा अचेल हुने गरेका यस्ता घटनाहरु प्रतिनिधिमूलक मात्र हुन्। यस्ता घटनाको सूची तयार पार्ने हो भने लामो बन्छ। यीमध्ये लोकलाजले गर्दा कतिपय घटना सार्वजनिक हुँदैनन् भने धेरै पीडितहरुले पैसा पाउनका लागि जिल्ला प्रहरी कार्यालय र अदालतको ढोका ढकढक्याएपछि मात्र ती घटनाबारे चर्चा चुलिने गरेका छन्।

श्रीमान् विदेशमा रहने र डेरा लिई जनकपुर वा कुनै सहरबजारमा बस्ने कतिपय महिलाले परपुरुषसँग प्रेमसम्बन्ध राख्ने गरेको प्रहरीको भनाइ छ। श्रीमान् विदेशबाट आएकै दिन डिभोर्स माग्ने महिला पनि आउने गरेका घटना छन्।

इन्सेक धनुषाका प्रतिनिधि विनोदकुमार रविदासका अनुसार वैदेशिक रोजगारीले समाजमा विकृति बढाएको छ। नैतिकताको खडेरी छ। अधिकांश महिलाले आफन्त, छरछिमेकसँगै अनैतिक सम्बन्ध राख्ने गरेका छन् भने सहरमा डेरा लिएर बस्ने महिलामा यो समस्या धेरै छ।

महिला तथा बालबालिका सेलकी अध्यक्ष सुभद्रा आले वैदेशिक रोजगारीले आर्थिक रूपमा सम्पन्न बनाए पनि समाजमा विकृति बढाएको बताउँछिन्। ‘बिहे गरेको केही महिना पनि भएको हुँदैन, विदेश जान्छन्, त्यस्तोमा श्रीमान्–श्रीमतीबीचको प्रेम गहिरो हुन सक्दैन। श्रीमान्‌भन्दा परपुरुषको प्रेम गहिरो हुन जान्छ,’ उनले भनिन्, ‘प्रेममा परेका महिला अन्धा भई श्रीमान्‌को नै हत्या गर्नेसम्मका योजना बनाउन पछि पर्दैनन्।’

यसमा बुहारीलाई घरमा सासू–ससुरा लगायतले दिने मायाको कमी पनि कारण रहेको सेलकी पूर्वअध्यक्ष मीना केसीले बताइन्।

विभिन्न बहानामा बुहारीलाई दुःख दिने तथा बुहारीका विषयमा विदेशमा रहेका छोरासँग राम्रो कुरा नगर्ने लगायतका कारण मानसिक तनावमा परी महिलाले परपुरुषसँग प्रेमसम्बन्ध बनाउन पुग्ने देखिएको उनको भनाइ छ। ‘श्रीमान् विदेश गएको बेला बुहारीलाई कसैसँग बोल्न नदिने वा बोलेको खण्डमा विभिन्न लाञ्छना लगाउने गरिन्छ,’ उनले भनिन्, ‘केही नगरे पनि बदनाम र गरे पनि बदनाम, यस्तोमा गरेर नै बदनाम किन नहुने भन्ने मनसाय बनाउन पुग्छन्।’ यस्ता घटना रोक्न श्रीमान्, श्रीमती तथा घरपरिवारकै व्यक्ति सचेत हुनु अत्यावश्यक रहेको उनको भनाइ छ।

वैदेशिक रोजगारीमा जानु अदक्ष र अर्धदक्ष नेपाली युवकहरुको बाध्यता छ। यसो त वैदेशिक रोजगारीको आकर्षणले पढेलेखेका दक्ष युवाहरुको पनि आकर्षण बढाएको छ। यसरी एकातर्फ बैदेशिक रोजगारले विपन्नताबाट केही सम्पन्नतातर्फ ल्याएको भए पनि सुखसयल र आर्थिक रुपले सबल भएर जीवनयापनका लागि विदेश जाने युवकहरु बढ्दो लर्कोसँगै यसको गलत असरका  रुपमा उनीहरुका दाम्पत्य जीवन सोतर हुँदैछन्।

वैदेशिक रोजगारकै कारणले विवाहोत्तर यौन सम्बन्ध र अर्कासँग वैवाहिक सम्बन्ध सुरुवात गर्ने घटना सामान्य बन्दै गएको जानकारहरु बताउँछन्।

महिलाका समस्या बढी
जिल्ला प्रहरी कार्यालय धनुषाको महिला सेलको तथ्यांक अनुसार धेरैजसो महिला सम्बन्धी मुद्दामा वैदेशिक रोजगार नै कारण भएर आउने गरेको छ। लोग्ने विदेशिएका कैयौं पत्नीहरुको मनोमानीपूर्वक जिन्दगी जिउने तरिका र रेमिट्यान्सका रकमलाई दुरुपयोग गर्ने प्रवृत्तिका कारण घर बिग्रेका घटना बढेका छन्। लाखौं मूल्य बराबरका सम्पत्तिसहित पत्नी बेपत्ता हुने घटनाहरुलाई यसैको परिणामको रुपमा लिइएको छ।

विदेश गएका पत्नीको कमाइलाई उडाउने, परमहिला गमन गर्ने वा अर्को विवाह गर्ने पतिहरुको संख्या पनि कम छैन। लोग्ने विदेशिएपछि घरपरिवार र समाजबाट पाइने तिरस्कारका कारण पनि कतिपय महिलाहरु सञ्चो सुविस्ता र सहाराका लागि पनि परपुरुषको निकटमा आउने गरेका छन्।

महिला हिंसा न्यूनीकरणको क्षेत्रमा काम गर्ने ओरेक धनुषाका प्रमुख रोजलिन बच्छार भन्छिन्, ‘पुरुषहरु कमाउनका लागि विदेश गएपछि विभिन्न समस्याको कारणले महिलाहरु घर बाहिर निस्किने र घरमा रहेका सासूससुरा लगायतले सास्ती दिएपछि बाध्यतावश पनि महिलाहरुलाई यस्तो कदम उठाउन गर्दछन्।’

कतिपय अवस्थामा सम्भावित दुष्परिणामप्रति सचेत नभएर विवाहोत्तर सम्बन्ध हुँदा सम्बन्ध विच्छेदका घटनाहरु भइरहेका छन्। यौन सम्बन्धका विषयमा हुने चियोचर्चा र असुरक्षित समागमले हुने अनिच्छित गर्भाधारणले समस्यालाई बल्झाउने गरेको जानकारहरुको भनाइ छ।

पारिवारिक कलह र दाजभाइबीचको इखले हिजोआज संयुक्त परिवारको विघटन हुने क्रम बढेको छ। विवाहपछि सगोलमा नबस्ने र विदेशिएकाहरुले बालबच्चा र श्रीमतीलाई सुखसयल र शिक्षा-दीक्षाका लागि गाउँको घरभन्दा सहरमा राख्ने चलन बढेको  छ। यसरी थातथलोबाट टाढा बस्ने महिलाहरुको पारिवारिक सामञ्जस्य कमजोर हुने र लोग्नेले पठाएको पैसाबाट आर्थिक सबलता बढेपछि परपुरुषसंग यौन सम्बन्ध गाँसिने बताइएको छ। 

कानुन व्यावसायी रेखा झा भन्छिन्, ‘वैदेशिक रोजगारीसँगै महिला हिँसाको घटना समेत बढेकाले अहिले आएर सम्बन्ध विच्छेदको घटनामा वृद्धि भएको हो।

जिल्लामा बढिरहेको सम्बन्ध विच्छेदको मुद्दामा अन्य कारणले भन्दा बढी वैदेशिक रोजगार नै मूलकारण रहेको छ।

वैदेशिक रोजगारले आर्थिक सम्पन्नता दिए पनि परिवार भन्ने संस्थालाई नै छिन्नभिन्न पार्ने सामाजिक विकृतिलाई बढावा दिइरहेको छ। यसप्रति समय मै सचेत र जागरण अभियान सञ्चालन गर्नुपर्ने आवश्यक्ता रहेको विज्ञहरु बताउँछन्।

प्रकाशित मिति: शुक्रबार, चैत १, २०७५  १३:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
काठमाडौंमा मेलम्चीको खानेपानी पुनः वितरण भएको हो ?
३ हजारको सामान किनिन्, सन्तमायालाई पर्‍यो १० लाखको चिठ्ठा
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
काठमाडौंमा मेलम्चीको खानेपानी पुनः वितरण भएको हो ? आइतबार, कात्तिक १, २०८३
३ हजारको सामान किनिन्, सन्तमायालाई पर्‍यो १० लाखको चिठ्ठा आइतबार, कात्तिक १, २०८३
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो आइतबार, कात्तिक १, २०८३
करदाता प्रोत्साहन उपहार आज घोषणा हुँदै, दीपकराज र दीपाश्रीले विजेता छान्ने आइतबार, कात्तिक १, २०८३
कांग्रेसले यसपालि कोजाग्रत पूर्णिमामा चियापान नगर्ने आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्