बझाङ- बझाङ जिल्लाको सदरमुकाम चैनपुरमा एक युवक मृत फेला परेका छन्।
बुधबार जयपृथ्वी नगरपालिका १० चैनपुरमा सुर्मा गाउँपालिका घर भएका ३६ वर्षीय धर्क बोहरा मृत फेला परेका हुन्। मृतक बोहराको टाउकोमा चोट रहेको छ। घटनाबारे स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरी टोली घटनास्थल गइसकेको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।