काठमाडौँ- सरकारले विप्लवका गतिविधि प्रतिबन्ध गर्ने निर्णय गरेलगत्तै गृहमन्त्री रामबहादुर थापा बादल अष्ट्रिया प्रस्थान गरेका छन्।
थापा ६ दिने भ्रमणका लागि अष्ट्रिया प्रस्थान गरेका हुन्।
मन्त्री थापा अष्ट्रियाको भियानामा हुने संयुक्त राष्ट्रसङ्घीय लागुऔषध तथा अपराध नियन्त्रण कार्यालय (युएनओडिसी)को ६२औँ मन्त्रिस्तरीय बैठकमा सहभागी हुन ५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ लागेका हुन्।
उक्त बैठकले संयुक्त राष्ट्रसङ्घको लागुऔषध नियन्त्रणसम्बन्धी सन्धि र अभिसन्धिको कार्यान्वयनको अवस्था र आगामी दिनको विश्वव्यापी नीति र मार्गदिर्नेशन तय गर्ने बताइएको छ।
बैठकमा गृहमन्त्री थापाले नेपालको लागुऔषध नियन्त्रणका क्षेत्रमा गरेका काम कारवाहीका बारेमा जानकारी गराउने गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिए।
यस्तै गृहमन्त्री थापाले युएनओडिसीका प्रमुख र विभिन्न देशका मन्त्रीसँग छलफल गर्ने कार्यक्रमसमेत रहेको छ।
मन्त्री थापा अगामी चैत ३ गते स्वदेश फर्कने कार्यक्रम छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।