काठमाडौं- मुख्य घटनाक्रम सहितको नेपाल लाइभ समाचारका मुख्य समाचार शीर्षकहरूः
१) आतंक मच्चाएर लुटपाट गर्ने समूहसँग वार्ता नगर्ने प्रधानमन्त्री ओलीको भनाई, बम पड्काउने र पैसा असुल्नेहरुसँग वार्ताको औचित्य नभएको तर्क।
२) मेलम्चीबाट ’सिएमसी’ भागेपछि स्थानीय ठेकेदार र व्यापारीको १६ करोड फस्यो, कर्मचारीले पनि पाएनन् ९ करोड।
३) नक्कली भ्याट बिल प्रकरणः भाटभटेनीले ३६ फर्मबाट खरिद गथ्र्यो नक्कली बिल, २ आर्थिक वर्षमा ९ करोड राजस्व ठगी।
४) साफ महिला च्याम्पियनसिपमा नेपालको विजयी सुरुवात, भुटान तीन गोलले पराजित।
५) बोइङ ७ सय ३७ म्याक्स एट ग्राउण्डेड हुने क्रम बढ्यो, चीनपछि सिंगापुरले पनि लगायो उडानमा प्रतिबन्ध ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।