काठमाडौं– सुनसरीको धरान उपमहानगरपालिका–१५ घर भई काठमाडौं बस्दै आएकी निरमाया चेम्जोङलाई हत्या गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
४५ वर्षीया चेम्जोङ विगत ३० वर्षदेखि काठमाडौंको हल्चोकमा बसेर ज्यामी काम गर्दै आएकी थिइन्। उनीसँग विगत २/३ वर्ष पहिले नागार्जुन नगरपालिका-३ पाँचधाराका ३७ वर्षीय प्रकाश थापामगरको चिनजान भएको थियो।
उनीहरु एकअर्काको कोठा आउजाउ समेत गर्थे। सोही क्रममा सोमबार साँझ प्रकाशको कोठामा निरमाया गएकी थिइन्।
उनीहरुबीच साढे ९ बेज राति विवाद भएको थियो। त्यसपछि प्रकाशले निरमायाको पेटमा लात्तले हानेर बेहोस बनाएर फरार भएका थिए।
पछि निरमायाको घटनास्थलमै मृत्यु भएको थियो। फरार प्रकाशलाई महानगरीय प्रहरी अपराध महाशाखा र महानगरीय प्रहरी वृत स्वयम्भूको टोलीले पक्राउ गरेको हो।उनीमाथि कर्तत्वय ज्यान मुद्दामा अनुसन्धान भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।