काठमाडौं– अभिनेत्री नम्रता श्रेष्ठको मुख्य अभिनय रहेको फिल्म ‘जाइरा’को प्रदर्शन मिति घोषणा भएको छ। फिल्म आउँदो भदौ ६ गतेबाट प्रदर्शनमा आउने भएको हो।
यसअघि गत मंसिर १४ मा फिल्म प्रदर्शनमा आउने भनिएतापनि प्राविधिक कारणले फिल्म प्रदर्शन हुन नसकेको निर्माण युनिटले जानकारी गराएको थियो। अब भने फिल्म श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर आँउदो भदौ ६ गतेबाट देशभर प्रदर्शन हुने तय भएको निर्माण युनिटले जानकारी दिएको हो।
फिल्ममा अभिनेत्री नम्रता श्रेष्ठ ‘जाइरा’को भूमिकामा देखिने छन्। जसमा उनी एक मार्सल आर्ट खेलाडीको रुपमा देखिने छन्। केही महिनाअघि प्रदर्शनमा आएको फिल्म ‘प्रसाद’मा निकै रुचाइएकी नम्रता जाइरामा पनि आफू फरक भूमिकामा रहेको बताउँदै आएकी छन्। तर फिल्ममा उनले उनले गरेको अभिनयलाई कस्तो प्रतिकृया आउने हो, त्यो भने भदौ ८ मा नै थाहा हुनेछ।
फिल्ममा नम्रतासँगै अनुपविक्रम शाही, प्रमोद अग्रहरी, रेमनदास श्रेष्ठ तथा नव–कलाकार श्रृजना रेग्मी, सुजता श्रेष्ठ र सम्राट मगरको अभिनय रहेको छ।
आशुतोषराज श्रेष्ठले निर्देशन रहेको जाइरामा निर्देशक श्रेष्ठ र निरोज महर्जनको पटकथा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।