काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले देशको सिके राउतसँग सरकारले गरेको सम्झौताप्रति केही व्यक्ति पानी बिनाको माछाजस्तै भएको टिप्पणी गरेका छन्।
राष्ट्रिय सुरक्षा परिषद्को अठारौं वार्षिकोत्सव कार्यक्रममा बौल्दै प्रधानमन्त्रीले यस्तो कुरा बताएका हुन्। कार्यक्रममा बौल्दै प्रधानमन्त्री ओलीले देशको समग्र सुरक्षा अवस्था र यसका चुनौतीका विषयमा सरकारले गम्भीर भएर विश्लेषण गरिरहेको बताए।
देशमा शान्ति सुरक्षा कायम गर्न सरकारले कुनै कसुर बाँकी नराख्ने समेत उनले उल्लेख गरे।
'समग्र देशको सुरक्षा अवस्थाबारे सरकारले गम्भीर भएर विश्लेषण गरिरहेको छ,' प्रधानमन्त्री ओलीले भने, 'केही सीमित मानिसले आफ्नो स्वार्थपूर्ति गर्न लागि परेका छन्। तर यसको कारण बारे मलाई थाहा छैन।'
कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सिके राउतसँग भएको सम्झौताप्रति पनि आपत्ति जनाएको भन्दै आक्रोश व्यक्त गरे। 'सिके राउतसँग सरकारले गरेको सहमतिपछि केही मानिस पानी बिनाको माछाजस्तै भएका छन्,' उनले भने।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीप्रति संकेत गर्दै प्रधानमन्त्री ओलीले देशमा हिंसा फैलाउने कुनै पनि गतिविधि सह्य नहुने बताए।
परिषद्को अध्यक्ष प्रधानमन्त्री हुने कानुनी व्यवस्था छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।