लहान– भन्सार छली भारतबाट नेपाल भित्र्याइएको समानसहित ढुवानीमा संलग्न मालबाहक ट्रक सिरहा प्रहरीले नियन्त्रणमा लिएको छ।
सिरहा नगरपालिका-१७ बाट ०६ जी २६१२ नम्वरको ट्रक तथा ट्रकमा लोड गरी राखेको आलु ९० बाेरा, लसुन ३ बाेरा तथा गहुँ १ बाेरा नियन्त्रणमा लिइएको हो।
बिलबिजक बीनाको उक्त सामान माडर भन्सार कार्यालयबाट दशगजा जाने बाटोको गोदाममा झार्ने तयारी भइरहेको बेला नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी माधवराज खरेलले जानकारी दिए।
करीब ३ लाख रुपैयाँ मूल्य बराबरको सामान आवश्यक कानुनी प्रकृयाका लागि भन्सार कार्यालय माडरमा पठाइएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।