काठमाडौं – आपूर्ति मन्त्रालयले दरबारमार्गमा अन्तराष्ट्रिय ब्राण्डका सामान बेच्ने चार पसल शिलबन्दी गररेको छ । आपूर्ति मन्त्री शिवकुमार मण्डलको नेतृत्वमा सोमबार गरीएको आकस्मिक अनुगमनको क्रममा उपभोक्ता ठगी गरेको भेटिएपछि पसलहरु बन्द शिलबन्दी गरीएको हो।
दरबारमार्गको स्टोरवन, ब्रेण्टली, पुमा र नाईक पसल शिलबन्दी गरीएको हो । यी पसलहरुले बिल बिजक नभएको, ओभर बिलिङ्ग गरेको, वास्तविक मूल्यमा अत्यधिक बृद्धि गरी दँशै छुट गरीएको भेटिएकाले शिलबन्दी गरीएको आपूर्तिमन्त्री शिवकुमार मण्डलले बताए। नाईकले ४ हजार ७ सयको खरीद बिलको जुत्ता २६ हजार ९ सय ९० रुपैयाँमा विक्री गरेको, २ हजार ६ सय को सामान २६ हजार रुपैयाँमा विक्री गरेको फेला परेको थियो।
नर्थ फेसमा १३ हजारको सामान बेचेर ४ हजारमा बिल काटेको भेटिएको थियो । खरीद र विक्री मूल्यमा धेरै अन्तर राखेको उक्त पसललाई सबै कारोबारको कागजात सहित तीनदिनभित्र उपस्थित हुन निर्देशन दिईएको छ ।
उपभोक्ताले महंगो सामान बाध्यत्मक तरीकाले किन्नुपर्ने र जनताका समस्या भन्दा पनि ब्यावासायीको मनपरी भएकोले समाजमा बिकृति ल्याएकोले अनुगमन आएको आपूर्तिमन्त्री शिवकुमार मण्डलले बताए। उनले व्यवसायी र उपभोक्ताको बिचमा समन्वय गरी जनता ठगीने कार्यलाई नियन्त्रण गरीने बताए। दरबारमार्गसंगै कमलादीको सिटी सेण्टर, ठमेलको नर्थ फेस, नक्सालको भाटभटेनीमा पनि आपूर्ति विभागले अुनगमन गरेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।