म्युनिख– जर्मन बुन्डेस लिगामा वायर्न म्युनिख ६ महिनापछि शीर्ष स्थानमा फर्किएको छ। वायर्नले शनिबार राति भएको खेलमा उल्फवर्गलाई ६–० ले हराउँदै शीर्ष स्थानमा कब्जा जमाएको हो।
वायर्नको जितमा जिनर्बीले ३४, रोवर्ट लेवान्डोवस्कीले ३७ र ८५, रोद्रिगेजले ५२, मुलरले ७६ र किमिचले ८२ मिनेटमा गोल गरेका थिए।
यता जितका बावजुद बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा झरेको छ। डर्टमुन्डले स्टुगार्डलाई ३–१ ले पराजित गरेको छ।
अंक तालिकामा डर्टमुन्डलाई गोलअन्तरमा पछि पारेर वायर्न गत सेप्टेम्बरपछि शीर्ष स्थानमा पुगेको हो। शीर्ष स्थानको वायर्न र दोस्रो स्थानको डर्टमुन्डको २५ खेलबाट समान ५७–५७ अंक छ। वायर्नको गोलअन्तर ३५ छ भने डर्टमुन्डको ३३ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।