• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

उच्च रक्तचापबारे जान्नैपर्ने कुरा

64x64
नेपाल लाइभ शनिबार, फागुन २५, २०७५  १२:२२
1140x725

मुटुबाट रक्तसञ्चार हुने बेलामा रक्तनली (आर्टरी) को भित्तामा पर्ने दबाबलाई रक्तचाप –ब्लडप्रेसर) रक्तचापलाई मिलिमिटर अफ मर्करी (एमएमएचजी) मा नापिन्छ । माथिको रक्तचापलाई सिस्टोलिक र तलकोलाई डायस्टोलिक भनिन्छ । सिस्टोलिक र डायस्टोलिक दुबै रक्तचाप शरीरका लागि उत्तिकै महत्वपूर्ण मानिन्छन् । सामान्य रक्तचाप १२०/८० एमएमएचजीभन्दा कम हुनपर्छ । माथिको रक्तचाप १४० वा सोभन्दा बढी र तलको ९० वा सोभन्दा बढी भएको अवस्थालाई उच्च रक्तचाप भनिन्छ । माथिको १२० देखि १३९ वा तलको ८० देखि ८९ सम्मको रक्तचापलाई प्रिहाइपरटेन्सन भनिन्छ । यो उच्च रक्तचाप हुनुभन्दा अगाडिको अवस्था हो । यस अवस्थामा जीवनशैलीमा आवश्यक परिवर्तन गरेर भविष्यमा उच्च रक्तचाप हुनबाट आफुलाई बचाउन सकिन्छ ।

रक्तचाप किन तल–माथि भइरहन्छ ?

सामान्य मानिसको रक्तचाप तल–माथि भई राखेको   हुन्छ । यस्तो हुनु स्वस्थ मुटु र स्वस्थ मस्तिष्कको पहिचान हो । रक्तचापलाई धेरै कुराले असर पार्ने भएकाले फरक–फरक नाप आउनु स्वाभाविक नै हो । नाप्ने हात, ठाउँ, तरिका, मानिस, मेसिन, समय, तापक्रम आदि कुरा फरक भएमा रक्तचाप पनि फरक–फरक हुनसक्छ । यो सामान्य हो । धेरै दिनदेखि रक्तचाप १४० /९० को वरिपरि देखिएमा चिकित्सकको परामर्श लिनु जरूरी हुन्छ ।

न्यून रक्तचाप (लो ब्लडप्रेसर)संबन्धी गलत धारणा

जसको रक्तचाप १४०/९० को जति नजिक हुन्छ, उसलाई भविष्यमा उच्च रक्तचाप हुने सम्भावना त्यति नै धेरै हुन्छ । यस्ता मानिसलाई उच्च रक्तचाप मात्रै होइन, अन्य मुटु र रक्तनलीसम्बन्धी रोगको सम्भावना पनि बढी नै हुन्छ । सामान्य रक्तचाप १२०/८० भन्दा कम हुनुपर्छ । कहिलेकाहीँ रक्तचाप माथिको ९० देखि ११० र तलको ६० देखि ७० सम्म पनि हुनसक्छ । सामान्य रूपले आफ्नो दैनिक कामकाज गर्नसक्ने ब्यक्तिको रक्तचाप कम हुनु राम्रो मानिन्छ । कम भएमा अनावश्यक पीर लिनु हुँदैन । जति कम छ, भविष्यमा उच्च रक्तचाप हुने सम्भावना त्यति नै कम हुन्छ । साँच्चिकै न्यून रक्तचाप भएको मानिसको अवस्था त गम्भीर हुन्छ । यस्ता बिरामीलाई अस्पतालको सघन कक्षमा राखेर उपचार गरिन्छ ।  साँच्चिकै कसैलाई न्यून रक्तचाप छ भने, केहीबेर सुतेर वा बसेर अचानक उभिँदा टाउको हलुको हुने वा रिंगटा लाग्ने हुनसक्छ । यसलाई पोस्चुरल हाइपोटेन्सन भनिन्छ । यो समस्या मधुमेह रोगी र रक्तचापको औषधि खाइरहेको व्यक्तिमा बढी हुन्छ । वृद्धमा पनि यो समस्या बढी देखिन्छ । यस्तो भएमा औषधिको मात्रा परिवर्तन गर्नुपर्ने हुनसक्छ ।

सामान्यभन्दा बढी रक्तचाप भयो भने के गर्ने ?

यदि रक्तचाप १४०-९० को वरिपरि छ र कहिलेकाँही १५०-१०० सम्म पनि पुग्छ र यस्तो अवस्थामा औषधिको प्रयोग गर्नुपर्ने हुनसक्छ । यस्तो अवस्थामा पनि जीवनशैलीमा परिवर्तन गरेर रक्तचाप घटाउन सकिन्छ र औषधिको आवश्यकता नपर्न पनि सक्छ । तर यदि रक्तचापमाथिको १४०–१५० वा तलको ९०–१०० छ भने, चिकित्सकसंग जाँच गराएर मात्रै औषधि खाने वा नखाने निणय गर्नुपर्छ । जीवनशैलीमा परिवर्तन गर्दै ३ देखि ६ महिनासम्म रक्तचापलाई नियमित रुपमा जाँच गर्नुपर्छ । त्यसपछि पनि नियन्त्रण नभए औषधिको प्रयोग गर्नुपर्ने हुनसक्छ ।

उच्च रक्तचापका कारण

Ncell 2
Ncell 2
nimb
nimb

अस्वस्थ जीवनशैैली नै उच्च रक्तचापको प्रमुख कारण हो । अस्वस्थ आहार (नूनिलो खानेकुरा), मोटोपना र  शारीरिक गतिबिधिको कमीले उच्च रक्तचाप सिर्जना गर्नसक्छ । जीवनशैलीमा हुने अस्वस्थ परिवर्र्तनले गर्दा नै युवकहरूमा पनि यो समस्या बढ्दै गइरहेको देखिन्छ । धुमपान सेवनले  रक्तचापलाई बढाउछ । यसले रक्तचाप कम गर्ने औषधिको असरलाई पनि कम वा निष्कृय गर्छ, जसले गर्दा रक्तचापको राम्रो नियन्त्रण हुन पाउँदैन ।

उच्च रक्तचापका लक्षण

सामान्यतया उच्च रक्तचापको केही लक्षण हँुदैन । उच्च रक्तचापको कारणले टाउको दुख्छ भन्ने जनधारणा छ, तर यो कुरालाई अनुसन्धानले पुष्टि गर्दैन । रक्तचाप अचानक धेरै बढेमा टाउको दुख्नसक्छ । अलिअलि मात्र बढेमा टाउको दुख्दैन । तर उच्च रक्तचापले टाउको पछाडितिर र कहिलेकाँही पुरै टाउको भारी हुने वा अलिअलि दुख्ने हुनसक्छ  । कसैकसैलाई रक्तचाप बढेको बेलामा केही लक्षण तथा समस्या देखा पर्न सक्छन् । कहिलेकाहीँ उच्च रक्तचापका कारण अंगहरुमा परेको दुष्प्रभावको फलस्वरुप विभिन्न लक्षण देखापर्न सक्छ । केही बिरामीलाई मस्तिष्काघात, हृदयाघात वा मिर्गौलाको समस्या आदि भएर अस्पताल पुगेपछि मात्रै उच्च रक्तचाप भएको पहिलोपटक थाहा हुनसक्छ । उच्च रक्तचापको लक्षण निम्न देखिनसक्छ :

–    टाउको दुख्नु वा भारी महसुस हुनु
–    रिंगटा लाग्नु
–    हिँड्दा स्वाँ स्वाँ हुनु
–    खुट्टा वा अनुहार सुन्निनु
–    नाकबाट रगत बग्नु

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

टाउको उच्च रक्तचापका कारण मात्र नभई अरु नै कारण पनि दुख्न सक्छ । बरु टाउको दुखेका बेलामा रक्तचाप पनि बढ्न सक्छ । त्यसैले टाउको दुख्न ठीक भएपछि फेरी रक्तचाप नापेर हेर्नुपर्छ ।

उच्च रक्तचापको असर

मस्तिष्काघात – ब्रेन हेमरेजलाई उच्च रक्तचापको प्रमुख जटिलताका रूपमा मानिन्छ । रक्तचापको उचित नियन्त्रण नभएमा मस्तिष्कको सानो रक्तनली फुटेर मस्तिष्कभित्र रक्तश्राव हुनसक्छ । यसले गर्दा मस्तिष्काघात हुन्छ । मस्तिष्कघातका कारण बिरामीको मृत्यु पनि हुनसक्छ । रक्तचापको नियन्त्रण गर्नु भनेको मस्तिष्काघात हुन नदिनु पनि हो  । उच्च रक्तचाप भएको व्यक्तिले मदिरा प्रयोग ग¥यो भने ब्रेन हेमरेजको खतरा झन् बढी हुन्छ । त्यसैले यस्ता बिरामीले मदिराको प्रयोगमा अंकुश लगाउनु अत्यन्त जरुरी हुन्छ ।

मृगौलामा असर – उच्च रक्तचापको अर्को प्रमुख जटिलता मिर्गौलाको काममा कमी वा खराबी  आउनु हो । यसले मिर्गौलाका साना रक्तनलीमा असर गरेर बिस्तारै निष्क्रियतातिर लैजान्छ । यसलाई क्रोनिक किड्नी डिजिज भनिन्छ । मिर्गौलाको समस्या बढ्दै गएर डायलाइसिस वा प्रत्यारोपण नै गर्नुपर्ने अवस्थासम्म आउनसक्छ । यसबाट बच्ने एक मात्र उपाय रक्तचापको उचित नियन्त्रण गर्नु नै हो ।

मुटुको रोग – मुटुको भित्ता बाक्लो हुनु र हृदयाघात हुनु उच्च रक्तचापका २ प्रमुख जटिलता हुन्  । रक्तनलीहरु मुटुसंग जोडिएका हुनाले, रक्तचाप बढी भएमा मुटुभित्र पनि दबाब बढ्न सक्छ । मुटुले प्रत्येक धड्कनमा बढी दबाब सहनु पर्छ । यसरी रक्तचाप बढी भएको केही समयपछि मुटुको भित्ता मोटो  हुन थाल्छ । समयमै रक्तचाप नियन्त्रण नभएमा मुटुको भित्ता धेरै बाक्लो भएर मुटुले सामान्य रुपमा काम नगर्न सक्छ ।

अनि हृदयाघात हुनसक्छ । उच्च रक्तचापले विशेष गरेर मुटुको रिल्याक्सेसनमा नराम्रो असर पार्छ । जसको फलस्वरूप हिँड्दा स्वाँस्वाँ हुनु, खुट्टा सुन्निनुजस्ता लक्षण देखिन सक्छन् । उच्च रक्तचापले मुटुको कोरोनरी आर्टरीलाई समेत साँघुरो बनाएर हृदयाघात निम्त्याउन सक्छ । जसरी व्यायाम गर्दा मांसपेशीमा तनाव भएर बाक्लो हुन्छ र व्यायाम छाडेको केही दिनमै मांसपेशी पुनः पूर्व अवस्थामा पुग्छ । ठीक त्यसरी नै रक्तचापले मुटुको मांसपेशीमा दबाब पु¥याएर मुटुको भित्तालाई बाक्लो बनाउछ । रक्तचाप नियन्त्रण भए मुटुको बाक्लो भएको भित्ता फेरि सामान्य हुन सक्छ ।

किन उच्च रक्तचापलाई साइलेन्ट किलर भनिन्छ ?

उच्च रक्तचापको विशेष लक्षण हुँदैन । भित्रभित्रै मुटु, मस्तिष्क, मिर्गौला, आँखा तथा रक्तनलीमा असर गरिरहेको हुन्छ । कुनैदिन अचानक यस्ता अंगको गम्भिर समस्या भएपछि मात्रै बिरामीलाई उच्च रक्तचाप भएको  पहिलोपटक थाहा हुनसक्छ । तसर्थ थाहा नदिइकनै भित्रभित्रै यो रोगको दुष्प्रभावले बिरामीको ज्यान पनि लिनसक्ने भएकाले उच्च रक्तचापलाई ‘सुषुप्त हत्यारा’ को रूपमा चिनिन्छ ।

उच्च रक्तचाप भएको थाहा पाइसकेपछि शरीरका महत्वपूर्ण अंगमा यसको असर परेकोे छ कि छैन भने पत्ता लगाउनु पर्छ ।  सुगर र कोलेस्ट्रोलको मात्रा ठीक छ कि छैन् थाहा पाउनु पर्छ । औषधि खानु पर्छ कि पर्दैन पत्ता लगाउनु सवभन्दा महत्वपूर्ण हुन्छ । रक्तचाप नियन्त्रणका लागि जीवनशैलीमा के कस्ता परिवर्तनको आवश्यकता छ, यसको बारेमा जानकारी लिनुपर्छ ।

रक्तचाप नियन्त्रणका प्रमुख पक्ष :

उच्च रक्तचापको प्रमुख कारण अस्वस्थ जीवनशैली भएकाले जीवनशैलीमा परिवर्तन गरेर नै  नियन्त्रण गर्न खोज्नुपर्छ । त्यसमध्ये पनि चुरोटको प्रयोग पूर्णरूपले बन्द गर्नु सबभन्दा राम्रो उपाय हो । यसका अतिरिक्त तौललाई नियन्त्रणमा राख्ने तथा वजन घटाउने, प्रतिदिन शारीरिक गतिविधि गर्ने र नुनिलो खानेकुराको सकेसम्म कम प्रयोग गर्ने जस्ता उपाय अपनाउनुपर्छ । जीवनशैलीमा परिवर्तन गर्दै चिकित्सकको सल्लाहअनुसार औषधि नियमित रुपले खानु र समय–समयमा आवश्यक जाँच गर्नु नै रक्तचाप नियन्त्रणको मुल सूत्र हो ।  कम्तिमा १० प्रतिशत तौल घटाउनुपर्छ । प्रतिदिन १\२ घण्टाभन्दा बढी हिड्नुपर्छ । अत्यधिक मदिरा सेवन गर्नु हुँदैन । मानसिक तनाव कम गर्नुपर्छ  ।

अन्य उपाय

पोटासियम बढी भएको खानेकुराले रक्तचाप घटाउछ । त्यसैले हाम्रो दैनिक खानामा पोटासियम बढी भएका खानेकुरा हुनुपर्छ । साइट्रस पु्रmट्स जस्तैः सुन्तला, कागती, मौसम आदिमा पोटासियम बढी हुन्छ । केरा र अन्य ताजा फलपूmलमा पनि पोटासियम बढी पाइन्छ । ताजा फलपूmल नियमित खानुपर्छ । ताजा फलपूmलमा पाइने भिटामिन, मिनरल्स्  र फाइवरले मुटुलाई स्वस्थ राख्ने मात्रै नभई, रक्तचाप पनि घटाउछ । प्रशस्त हरियो सागसब्जी खानुपर्छ । प्रतिदिन २, ३ पटक हरियो सागसब्जी खानुपर्छ । माछाको प्रयोग फाइदाजनक मानिने भएकाले हप्तामा २ पटक माछा खाँदा राम्रो हुन्छ ।

नुन र रक्तचापको सम्बन्ध

अत्यधिक नुनको सेवनले रक्तचाप बढाउछ । स्वस्थ मानिसले पनि खानामा नुन कम खानुपर्छ । उच्च रक्तचाप भएको बिरामीले नुनको सेवनमा अझ बढी सावधानी अपनाउनुपर्छ । दिनहुँ एक चिया चम्चाभन्दा बढी नुन खानु हुदैन । नुन कम खानु रक्तचाप कम गर्ने एउटा तरिका त हो, तर नुन मात्रै कम खाएर रक्तचाप नियन्त्रण गर्न खोज्नु बुद्धिमानी पक्कै होइन । नुन धेरै नै कम खाएमा रगतमा सोडियमको मात्रा कम भएर मान्छे बेहोस र कहिलकाही ज्यानै पनि जान सक्छ । घरमा सामान्य नुन हालेर खाना खान मिल्छ । मुलतः खानामा नुन नथप्ने, न्युन सोडियम भएको नुनको प्रयोग गर्नेजस्ता विधि रक्तचाप नियन्त्रण गर्ने सरल उपाय हुन् । नुनको सट्टामा मसला र कागतीको प्रयोग गरेर खानालाई स्वादिष्ट बनाउन मिल्छ ।

के औषधि खानु जरूरी छ ?

शरीरका अंगमा रक्तचापको असर परिसकेको छ भने औषधि खानु अनिवार्य हुन्छ । हिजोआज प्रयोग गरिने अधिकांश औषधिको खासै साइडइप्mेक्ट हु“दैन । औषधिको प्रयोगले उच्च रक्तचापको प्रकोपबाट महत्वपूर्ण अंगलाई बचाउछ । त्यसैले औषधि नखाने मानसिकता गलत हो । रक्तचाप १४०/९० भन्दा बढी छ र जीवनशैलीमा परिवर्तन गरेपनि कम भइरहेको छैन भने चिकित्सको सल्लाहअनुसार निर्धक्कसंग औषधि खान सुरु गर्नुपर्छ ।

एकचोटी औषधिको प्रयोग गरिसकेपछि छाड्न मिल्छ कि मिल्दैन ?

जीवनशैलीमा परिवर्तन गरेपछि रक्तचापमा कमी आउन सक्छ । यसको फलस्वरुप औषधिको मात्रा घटाउनुपर्ने हुनसक्छ । यदि तपाईंलाई मोटोपना, धुम्रपान, मदिराको सेवन, शारीरिक गतिविधिमा कमी जस्ता कारण छन् भने यसको नियन्त्रण गरेपछि रक्तचाप घटन सक्छ । कसैकसैको रक्तचाप घटेर औषधि बन्दै गर्नुपर्ने अवस्था पनि आउन सक्छ । अर्थात् रक्तचापका कारणलाई नियन्त्रण गरेमा औषधिको मात्रा घटाएर बन्दै गर्न मिल्ने हुनसक्छ ।

औषधि कुन बेला र कतिपटक खानुपर्छ

कुन औषधिले कति समयसम्म काम गर्छ भन्ने तथ्यको आधारमा नै दिनको एक वा दुई पटक खानुपर्ने हुन्छ । एम्लोडिपिन, एटिनोलोल, हाइड्रोक्लोरथाइजाइड जस्ता औषधिहरु विहान र  लोसार्टन, टेल्मिसार्टन, इनालाप्रिल, प्राजोसिन जस्ता औषधि राति सुत्ने बेलामा खाँदा राम्रो हुन्छ । उच्च रक्तचापका यी सबै औषधि खानापछि मात्रै खानुपर्छ । औषधि सकेसम्म प्रत्येक दिन एउटै समयमा खाने गर्नुपर्छ र दुई चोटी खानुपर्ने औषधि १२ घण्टाको फरकमा खाँदा राम्रो हुन्छ ।

रक्तचापका औषधि लामो समयसम्म खानुपर्ने हुन्छ । त्यसैले एकपटक सम्पूर्ण जाँच गरेर मात्रै औषधिको प्रयोग गर्ने निणर्य लिनुपर्छ । औषधि खान सुरु गरिसकेपछि कम्तिमा ६ महिना वा १ वर्षसम्म अनिवार्य रुपमा नै प्रयोग गर्नुपर्ने भएकोले बिरामीले आफ्नो इच्छाअनुसार खाने वा नखाने गर्नुहुँदैन । कम्तिमा एक महिनाको औषधि किन्नुपर्छ र एक हप्ताको औषधि बाँकी हुँदै फेरि अर्को महिनाकालागि औषधि किनिहाल्नु पर्छ । किनभने एक दिन पनि  नबिराइकन औषधि खाँदा स्वास्थ्यलाभ बढी हुन्छ ।

 

प्रकाशित मिति: शनिबार, फागुन २५, २०७५  १२:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
मोजाभित्र प्याज राखेर सुत्दा ज्वरो निको हुन्छ? के भन्छ विज्ञान ‘यदि रुघाखोकी लागेको छ भने प्याजलाई गोलो काटेर मोजाभित्र राख्नुस् र त्यो मोजा लगाएर रातभर सुत्नुस्।’ शनिबार, असोज २४, २०८३
के कुकुरले पनि मान्छेले बोलेको शब्द पहिचान गर्न सक्छ ? कुकुरले मानिसको निरन्तर बोलीलाई शब्दको लयअनुसार प्रशोधन गर्न सक्ने र त्यस क्रममा व्यञ्जन ध्वनिमा आधारित शब्द संरचनाप्रति विशेष प्रति... सोमबार, असोज १२, २०८३
के तपाई मधुमेहका बिरामी हुनुहुन्छ ? ख्याल गर्नुस् अनि यस्तो गल्ती नगरौं मधुमेहका बिरामीले औषधिभन्दा धेरै खानपानमा ध्यान दिन जरुरी हुन्छ। मधुमेह भएपछि शरीरले इन्सुलिन हर्मोन ठीकसँग बनाउन वा यसको उपयोग गर्न... आइतबार, असोज ११, २०८३
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्