• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, फागुन २३, २०८२ Sat, Mar 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

उच्च रक्तचापबारे जान्नैपर्ने कुरा

64x64
नेपाल लाइभ शनिबार, फागुन २५, २०७५  १२:२२
1140x725

मुटुबाट रक्तसञ्चार हुने बेलामा रक्तनली (आर्टरी) को भित्तामा पर्ने दबाबलाई रक्तचाप –ब्लडप्रेसर) रक्तचापलाई मिलिमिटर अफ मर्करी (एमएमएचजी) मा नापिन्छ । माथिको रक्तचापलाई सिस्टोलिक र तलकोलाई डायस्टोलिक भनिन्छ । सिस्टोलिक र डायस्टोलिक दुबै रक्तचाप शरीरका लागि उत्तिकै महत्वपूर्ण मानिन्छन् । सामान्य रक्तचाप १२०/८० एमएमएचजीभन्दा कम हुनपर्छ । माथिको रक्तचाप १४० वा सोभन्दा बढी र तलको ९० वा सोभन्दा बढी भएको अवस्थालाई उच्च रक्तचाप भनिन्छ । माथिको १२० देखि १३९ वा तलको ८० देखि ८९ सम्मको रक्तचापलाई प्रिहाइपरटेन्सन भनिन्छ । यो उच्च रक्तचाप हुनुभन्दा अगाडिको अवस्था हो । यस अवस्थामा जीवनशैलीमा आवश्यक परिवर्तन गरेर भविष्यमा उच्च रक्तचाप हुनबाट आफुलाई बचाउन सकिन्छ ।

रक्तचाप किन तल–माथि भइरहन्छ ?

सामान्य मानिसको रक्तचाप तल–माथि भई राखेको   हुन्छ । यस्तो हुनु स्वस्थ मुटु र स्वस्थ मस्तिष्कको पहिचान हो । रक्तचापलाई धेरै कुराले असर पार्ने भएकाले फरक–फरक नाप आउनु स्वाभाविक नै हो । नाप्ने हात, ठाउँ, तरिका, मानिस, मेसिन, समय, तापक्रम आदि कुरा फरक भएमा रक्तचाप पनि फरक–फरक हुनसक्छ । यो सामान्य हो । धेरै दिनदेखि रक्तचाप १४० /९० को वरिपरि देखिएमा चिकित्सकको परामर्श लिनु जरूरी हुन्छ ।

न्यून रक्तचाप (लो ब्लडप्रेसर)संबन्धी गलत धारणा

जसको रक्तचाप १४०/९० को जति नजिक हुन्छ, उसलाई भविष्यमा उच्च रक्तचाप हुने सम्भावना त्यति नै धेरै हुन्छ । यस्ता मानिसलाई उच्च रक्तचाप मात्रै होइन, अन्य मुटु र रक्तनलीसम्बन्धी रोगको सम्भावना पनि बढी नै हुन्छ । सामान्य रक्तचाप १२०/८० भन्दा कम हुनुपर्छ । कहिलेकाहीँ रक्तचाप माथिको ९० देखि ११० र तलको ६० देखि ७० सम्म पनि हुनसक्छ । सामान्य रूपले आफ्नो दैनिक कामकाज गर्नसक्ने ब्यक्तिको रक्तचाप कम हुनु राम्रो मानिन्छ । कम भएमा अनावश्यक पीर लिनु हुँदैन । जति कम छ, भविष्यमा उच्च रक्तचाप हुने सम्भावना त्यति नै कम हुन्छ । साँच्चिकै न्यून रक्तचाप भएको मानिसको अवस्था त गम्भीर हुन्छ । यस्ता बिरामीलाई अस्पतालको सघन कक्षमा राखेर उपचार गरिन्छ ।  साँच्चिकै कसैलाई न्यून रक्तचाप छ भने, केहीबेर सुतेर वा बसेर अचानक उभिँदा टाउको हलुको हुने वा रिंगटा लाग्ने हुनसक्छ । यसलाई पोस्चुरल हाइपोटेन्सन भनिन्छ । यो समस्या मधुमेह रोगी र रक्तचापको औषधि खाइरहेको व्यक्तिमा बढी हुन्छ । वृद्धमा पनि यो समस्या बढी देखिन्छ । यस्तो भएमा औषधिको मात्रा परिवर्तन गर्नुपर्ने हुनसक्छ ।

सामान्यभन्दा बढी रक्तचाप भयो भने के गर्ने ?

यदि रक्तचाप १४०-९० को वरिपरि छ र कहिलेकाँही १५०-१०० सम्म पनि पुग्छ र यस्तो अवस्थामा औषधिको प्रयोग गर्नुपर्ने हुनसक्छ । यस्तो अवस्थामा पनि जीवनशैलीमा परिवर्तन गरेर रक्तचाप घटाउन सकिन्छ र औषधिको आवश्यकता नपर्न पनि सक्छ । तर यदि रक्तचापमाथिको १४०–१५० वा तलको ९०–१०० छ भने, चिकित्सकसंग जाँच गराएर मात्रै औषधि खाने वा नखाने निणय गर्नुपर्छ । जीवनशैलीमा परिवर्तन गर्दै ३ देखि ६ महिनासम्म रक्तचापलाई नियमित रुपमा जाँच गर्नुपर्छ । त्यसपछि पनि नियन्त्रण नभए औषधिको प्रयोग गर्नुपर्ने हुनसक्छ ।

उच्च रक्तचापका कारण

Ncell 2
Ncell 2

अस्वस्थ जीवनशैैली नै उच्च रक्तचापको प्रमुख कारण हो । अस्वस्थ आहार (नूनिलो खानेकुरा), मोटोपना र  शारीरिक गतिबिधिको कमीले उच्च रक्तचाप सिर्जना गर्नसक्छ । जीवनशैलीमा हुने अस्वस्थ परिवर्र्तनले गर्दा नै युवकहरूमा पनि यो समस्या बढ्दै गइरहेको देखिन्छ । धुमपान सेवनले  रक्तचापलाई बढाउछ । यसले रक्तचाप कम गर्ने औषधिको असरलाई पनि कम वा निष्कृय गर्छ, जसले गर्दा रक्तचापको राम्रो नियन्त्रण हुन पाउँदैन ।

उच्च रक्तचापका लक्षण

सामान्यतया उच्च रक्तचापको केही लक्षण हँुदैन । उच्च रक्तचापको कारणले टाउको दुख्छ भन्ने जनधारणा छ, तर यो कुरालाई अनुसन्धानले पुष्टि गर्दैन । रक्तचाप अचानक धेरै बढेमा टाउको दुख्नसक्छ । अलिअलि मात्र बढेमा टाउको दुख्दैन । तर उच्च रक्तचापले टाउको पछाडितिर र कहिलेकाँही पुरै टाउको भारी हुने वा अलिअलि दुख्ने हुनसक्छ  । कसैकसैलाई रक्तचाप बढेको बेलामा केही लक्षण तथा समस्या देखा पर्न सक्छन् । कहिलेकाहीँ उच्च रक्तचापका कारण अंगहरुमा परेको दुष्प्रभावको फलस्वरुप विभिन्न लक्षण देखापर्न सक्छ । केही बिरामीलाई मस्तिष्काघात, हृदयाघात वा मिर्गौलाको समस्या आदि भएर अस्पताल पुगेपछि मात्रै उच्च रक्तचाप भएको पहिलोपटक थाहा हुनसक्छ । उच्च रक्तचापको लक्षण निम्न देखिनसक्छ :

–    टाउको दुख्नु वा भारी महसुस हुनु
–    रिंगटा लाग्नु
–    हिँड्दा स्वाँ स्वाँ हुनु
–    खुट्टा वा अनुहार सुन्निनु
–    नाकबाट रगत बग्नु

टाउको उच्च रक्तचापका कारण मात्र नभई अरु नै कारण पनि दुख्न सक्छ । बरु टाउको दुखेका बेलामा रक्तचाप पनि बढ्न सक्छ । त्यसैले टाउको दुख्न ठीक भएपछि फेरी रक्तचाप नापेर हेर्नुपर्छ ।

उच्च रक्तचापको असर

मस्तिष्काघात – ब्रेन हेमरेजलाई उच्च रक्तचापको प्रमुख जटिलताका रूपमा मानिन्छ । रक्तचापको उचित नियन्त्रण नभएमा मस्तिष्कको सानो रक्तनली फुटेर मस्तिष्कभित्र रक्तश्राव हुनसक्छ । यसले गर्दा मस्तिष्काघात हुन्छ । मस्तिष्कघातका कारण बिरामीको मृत्यु पनि हुनसक्छ । रक्तचापको नियन्त्रण गर्नु भनेको मस्तिष्काघात हुन नदिनु पनि हो  । उच्च रक्तचाप भएको व्यक्तिले मदिरा प्रयोग ग¥यो भने ब्रेन हेमरेजको खतरा झन् बढी हुन्छ । त्यसैले यस्ता बिरामीले मदिराको प्रयोगमा अंकुश लगाउनु अत्यन्त जरुरी हुन्छ ।

मृगौलामा असर – उच्च रक्तचापको अर्को प्रमुख जटिलता मिर्गौलाको काममा कमी वा खराबी  आउनु हो । यसले मिर्गौलाका साना रक्तनलीमा असर गरेर बिस्तारै निष्क्रियतातिर लैजान्छ । यसलाई क्रोनिक किड्नी डिजिज भनिन्छ । मिर्गौलाको समस्या बढ्दै गएर डायलाइसिस वा प्रत्यारोपण नै गर्नुपर्ने अवस्थासम्म आउनसक्छ । यसबाट बच्ने एक मात्र उपाय रक्तचापको उचित नियन्त्रण गर्नु नै हो ।

मुटुको रोग – मुटुको भित्ता बाक्लो हुनु र हृदयाघात हुनु उच्च रक्तचापका २ प्रमुख जटिलता हुन्  । रक्तनलीहरु मुटुसंग जोडिएका हुनाले, रक्तचाप बढी भएमा मुटुभित्र पनि दबाब बढ्न सक्छ । मुटुले प्रत्येक धड्कनमा बढी दबाब सहनु पर्छ । यसरी रक्तचाप बढी भएको केही समयपछि मुटुको भित्ता मोटो  हुन थाल्छ । समयमै रक्तचाप नियन्त्रण नभएमा मुटुको भित्ता धेरै बाक्लो भएर मुटुले सामान्य रुपमा काम नगर्न सक्छ ।

अनि हृदयाघात हुनसक्छ । उच्च रक्तचापले विशेष गरेर मुटुको रिल्याक्सेसनमा नराम्रो असर पार्छ । जसको फलस्वरूप हिँड्दा स्वाँस्वाँ हुनु, खुट्टा सुन्निनुजस्ता लक्षण देखिन सक्छन् । उच्च रक्तचापले मुटुको कोरोनरी आर्टरीलाई समेत साँघुरो बनाएर हृदयाघात निम्त्याउन सक्छ । जसरी व्यायाम गर्दा मांसपेशीमा तनाव भएर बाक्लो हुन्छ र व्यायाम छाडेको केही दिनमै मांसपेशी पुनः पूर्व अवस्थामा पुग्छ । ठीक त्यसरी नै रक्तचापले मुटुको मांसपेशीमा दबाब पु¥याएर मुटुको भित्तालाई बाक्लो बनाउछ । रक्तचाप नियन्त्रण भए मुटुको बाक्लो भएको भित्ता फेरि सामान्य हुन सक्छ ।

किन उच्च रक्तचापलाई साइलेन्ट किलर भनिन्छ ?

उच्च रक्तचापको विशेष लक्षण हुँदैन । भित्रभित्रै मुटु, मस्तिष्क, मिर्गौला, आँखा तथा रक्तनलीमा असर गरिरहेको हुन्छ । कुनैदिन अचानक यस्ता अंगको गम्भिर समस्या भएपछि मात्रै बिरामीलाई उच्च रक्तचाप भएको  पहिलोपटक थाहा हुनसक्छ । तसर्थ थाहा नदिइकनै भित्रभित्रै यो रोगको दुष्प्रभावले बिरामीको ज्यान पनि लिनसक्ने भएकाले उच्च रक्तचापलाई ‘सुषुप्त हत्यारा’ को रूपमा चिनिन्छ ।

उच्च रक्तचाप भएको थाहा पाइसकेपछि शरीरका महत्वपूर्ण अंगमा यसको असर परेकोे छ कि छैन भने पत्ता लगाउनु पर्छ ।  सुगर र कोलेस्ट्रोलको मात्रा ठीक छ कि छैन् थाहा पाउनु पर्छ । औषधि खानु पर्छ कि पर्दैन पत्ता लगाउनु सवभन्दा महत्वपूर्ण हुन्छ । रक्तचाप नियन्त्रणका लागि जीवनशैलीमा के कस्ता परिवर्तनको आवश्यकता छ, यसको बारेमा जानकारी लिनुपर्छ ।

रक्तचाप नियन्त्रणका प्रमुख पक्ष :

उच्च रक्तचापको प्रमुख कारण अस्वस्थ जीवनशैली भएकाले जीवनशैलीमा परिवर्तन गरेर नै  नियन्त्रण गर्न खोज्नुपर्छ । त्यसमध्ये पनि चुरोटको प्रयोग पूर्णरूपले बन्द गर्नु सबभन्दा राम्रो उपाय हो । यसका अतिरिक्त तौललाई नियन्त्रणमा राख्ने तथा वजन घटाउने, प्रतिदिन शारीरिक गतिविधि गर्ने र नुनिलो खानेकुराको सकेसम्म कम प्रयोग गर्ने जस्ता उपाय अपनाउनुपर्छ । जीवनशैलीमा परिवर्तन गर्दै चिकित्सकको सल्लाहअनुसार औषधि नियमित रुपले खानु र समय–समयमा आवश्यक जाँच गर्नु नै रक्तचाप नियन्त्रणको मुल सूत्र हो ।  कम्तिमा १० प्रतिशत तौल घटाउनुपर्छ । प्रतिदिन १\२ घण्टाभन्दा बढी हिड्नुपर्छ । अत्यधिक मदिरा सेवन गर्नु हुँदैन । मानसिक तनाव कम गर्नुपर्छ  ।

अन्य उपाय

पोटासियम बढी भएको खानेकुराले रक्तचाप घटाउछ । त्यसैले हाम्रो दैनिक खानामा पोटासियम बढी भएका खानेकुरा हुनुपर्छ । साइट्रस पु्रmट्स जस्तैः सुन्तला, कागती, मौसम आदिमा पोटासियम बढी हुन्छ । केरा र अन्य ताजा फलपूmलमा पनि पोटासियम बढी पाइन्छ । ताजा फलपूmल नियमित खानुपर्छ । ताजा फलपूmलमा पाइने भिटामिन, मिनरल्स्  र फाइवरले मुटुलाई स्वस्थ राख्ने मात्रै नभई, रक्तचाप पनि घटाउछ । प्रशस्त हरियो सागसब्जी खानुपर्छ । प्रतिदिन २, ३ पटक हरियो सागसब्जी खानुपर्छ । माछाको प्रयोग फाइदाजनक मानिने भएकाले हप्तामा २ पटक माछा खाँदा राम्रो हुन्छ ।

नुन र रक्तचापको सम्बन्ध

अत्यधिक नुनको सेवनले रक्तचाप बढाउछ । स्वस्थ मानिसले पनि खानामा नुन कम खानुपर्छ । उच्च रक्तचाप भएको बिरामीले नुनको सेवनमा अझ बढी सावधानी अपनाउनुपर्छ । दिनहुँ एक चिया चम्चाभन्दा बढी नुन खानु हुदैन । नुन कम खानु रक्तचाप कम गर्ने एउटा तरिका त हो, तर नुन मात्रै कम खाएर रक्तचाप नियन्त्रण गर्न खोज्नु बुद्धिमानी पक्कै होइन । नुन धेरै नै कम खाएमा रगतमा सोडियमको मात्रा कम भएर मान्छे बेहोस र कहिलकाही ज्यानै पनि जान सक्छ । घरमा सामान्य नुन हालेर खाना खान मिल्छ । मुलतः खानामा नुन नथप्ने, न्युन सोडियम भएको नुनको प्रयोग गर्नेजस्ता विधि रक्तचाप नियन्त्रण गर्ने सरल उपाय हुन् । नुनको सट्टामा मसला र कागतीको प्रयोग गरेर खानालाई स्वादिष्ट बनाउन मिल्छ ।

के औषधि खानु जरूरी छ ?

शरीरका अंगमा रक्तचापको असर परिसकेको छ भने औषधि खानु अनिवार्य हुन्छ । हिजोआज प्रयोग गरिने अधिकांश औषधिको खासै साइडइप्mेक्ट हु“दैन । औषधिको प्रयोगले उच्च रक्तचापको प्रकोपबाट महत्वपूर्ण अंगलाई बचाउछ । त्यसैले औषधि नखाने मानसिकता गलत हो । रक्तचाप १४०/९० भन्दा बढी छ र जीवनशैलीमा परिवर्तन गरेपनि कम भइरहेको छैन भने चिकित्सको सल्लाहअनुसार निर्धक्कसंग औषधि खान सुरु गर्नुपर्छ ।

एकचोटी औषधिको प्रयोग गरिसकेपछि छाड्न मिल्छ कि मिल्दैन ?

जीवनशैलीमा परिवर्तन गरेपछि रक्तचापमा कमी आउन सक्छ । यसको फलस्वरुप औषधिको मात्रा घटाउनुपर्ने हुनसक्छ । यदि तपाईंलाई मोटोपना, धुम्रपान, मदिराको सेवन, शारीरिक गतिविधिमा कमी जस्ता कारण छन् भने यसको नियन्त्रण गरेपछि रक्तचाप घटन सक्छ । कसैकसैको रक्तचाप घटेर औषधि बन्दै गर्नुपर्ने अवस्था पनि आउन सक्छ । अर्थात् रक्तचापका कारणलाई नियन्त्रण गरेमा औषधिको मात्रा घटाएर बन्दै गर्न मिल्ने हुनसक्छ ।

औषधि कुन बेला र कतिपटक खानुपर्छ

कुन औषधिले कति समयसम्म काम गर्छ भन्ने तथ्यको आधारमा नै दिनको एक वा दुई पटक खानुपर्ने हुन्छ । एम्लोडिपिन, एटिनोलोल, हाइड्रोक्लोरथाइजाइड जस्ता औषधिहरु विहान र  लोसार्टन, टेल्मिसार्टन, इनालाप्रिल, प्राजोसिन जस्ता औषधि राति सुत्ने बेलामा खाँदा राम्रो हुन्छ । उच्च रक्तचापका यी सबै औषधि खानापछि मात्रै खानुपर्छ । औषधि सकेसम्म प्रत्येक दिन एउटै समयमा खाने गर्नुपर्छ र दुई चोटी खानुपर्ने औषधि १२ घण्टाको फरकमा खाँदा राम्रो हुन्छ ।

रक्तचापका औषधि लामो समयसम्म खानुपर्ने हुन्छ । त्यसैले एकपटक सम्पूर्ण जाँच गरेर मात्रै औषधिको प्रयोग गर्ने निणर्य लिनुपर्छ । औषधि खान सुरु गरिसकेपछि कम्तिमा ६ महिना वा १ वर्षसम्म अनिवार्य रुपमा नै प्रयोग गर्नुपर्ने भएकोले बिरामीले आफ्नो इच्छाअनुसार खाने वा नखाने गर्नुहुँदैन । कम्तिमा एक महिनाको औषधि किन्नुपर्छ र एक हप्ताको औषधि बाँकी हुँदै फेरि अर्को महिनाकालागि औषधि किनिहाल्नु पर्छ । किनभने एक दिन पनि  नबिराइकन औषधि खाँदा स्वास्थ्यलाभ बढी हुन्छ ।

 

प्रकाशित मिति: शनिबार, फागुन २५, २०७५  १२:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रौटहट– १ मा रास्वपाका राजेशकुमार चौधरी विजयी, पूर्वप्रधानमन्त्री नेपाल चौथो स्थानमा
रेनु दाहाललाई ३८ हजार भोटले पछि पार्दै सोविता गौतमको शानदार जित
शंकर पोखरेललाई हराउँदै रास्वपाका विपिन आचार्य विजयी
सम्बन्धित सामग्री
माइग्रेन: कारण, लक्षण र रोकथामका १० उपायहरू विश्वभर टाउको दुखाइका कारणहरूमध्ये माइग्रेन दोस्रो ठुलो कारण हो भने स्नायु सम्बन्धी अपाङ्गता ल्याउने यो पहिलो प्रमुख कारण हो। तथ्याङ... बुधबार, फागुन १३, २०८२
किन आवश्यक छ औषधि खाने सही समय ? औषधिहरु सही ड्युरेशनमा खाइएन भने त्यसले रगत मार्फत शरीरमा गएर जसरी काम गर्नुपर्ने हो त्यो गर्न सक्दैन। सही समावधिमा औषधिमा नखाँदा त्... शनिबार, फागुन ९, २०८२
खानपान र निद्रा: के खाने र कहिले खानेले कति फरक पार्छ? ढिलो राति धेरै खाना खाएपछि भोलिपल्ट थकित महसुस हुनु सामान्य हो। धेरै र गह्रौँ खाना पचाउन शरीरले बढी ऊर्जा खर्च गर्नुपर्छ, जसले गहिरो... शनिबार, माघ २४, २०८२
ताजा समाचारसबै
रौटहट– १ मा रास्वपाका राजेशकुमार चौधरी विजयी, पूर्वप्रधानमन्त्री नेपाल चौथो स्थानमा शनिबार, फागुन २३, २०८२
रेनु दाहाललाई ३८ हजार भोटले पछि पार्दै सोविता गौतमको शानदार जित शनिबार, फागुन २३, २०८२
शंकर पोखरेललाई हराउँदै रास्वपाका विपिन आचार्य विजयी शनिबार, फागुन २३, २०८२
तनहुँ-१ मा रास्वपाका वाग्लेकाे दाेस्राे जित शनिबार, फागुन २३, २०८२
पार्टीका नेता कार्यकर्तालाई रास्वपाको निर्देशन- अनावश्यक टिकाटिप्पणी र अवाञ्छित कार्य गतिविधि नगर्नू शनिबार, फागुन २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
चितवन ३ अपडेट: रेनुभन्दा सोबिता दोब्बर मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
झापा– ५ मा बालेन ओलीभन्दा चार गुणा बढी मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
ललितपुर १ मा कांग्रेसका उदयशमशेरको अग्रता शुक्रबार, फागुन २२, २०८२
सर्लाही-४ मा अमरेशको अग्रता शुक्रबार, फागुन २२, २०८२
इलाम-२ : माटोका उम्मेदवारले सुहाङलाई उछिने शुक्रबार, फागुन २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
खामेनीको हत्याको बदला लिने राष्ट्रपति पेजेस्कियानको उद्घोष आइतबार, फागुन १७, २०८२
मध्यपूर्वमा अमेरिकी बेसमा इरानद्वारा आक्रमण, कहाँ कहाँ बनाइयो निशाना? शनिबार, फागुन १६, २०८२
चितवन ३ अपडेट: रेनुभन्दा सोबिता दोब्बर मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
इरानी आक्रमणमा अबुधाबीमा एक जनाको मृत्यु शनिबार, फागुन १६, २०८२
अमेरिका–इजरायलको संयुक्त आक्रमणपछि इरानले पनि गर्‍यो जवाफी आक्रमण शनिबार, फागुन १६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्