टुरिन– इटालियन सिरि एमा शीर्ष स्थानको युभेन्ट्सले अग्रता १९ अंकमा पुर्याएको छ। युभेन्ट्सले शुक्रबार राति भएको खेलमा युडिनेसेलाई ३–१ ले हराएर अग्रता बढाएको हो।
युभेन्ट्सका लागि किनले ११ र ३९ मिनेटमा गोल गरे। यस्तै कानले ६७ मिनेटमा पेनाल्टीमा गोल गर्दै युभेन्ट्सको अग्रता ३–० मा पुर्याए।
युभेन्ट्सका लागि चौथो गोद्य माटुइडिले ७१ मिनेटमा गरे। युडिनेसेका लसाङ्गाले ८४ मिनेटमा गरेको गोल सान्त्वनामा सीमित बन्यो।
लिगको शीर्ष स्थानको युभेन्ट्सको २७ खेलबाट ७५ अंक छ। दोस्रो स्थानको नापोलीको २६ खेलबाट ५६, तेस्रो स्थानको समान खेलबाट ४८ र चौथो स्थानको इन्टर मिलानको ४७ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।